२७ असोज २०८३
काठमाडौं- रोटि बेटीको सम्बन्ध भन्दै आएको तर बेला नेपाललाई नचाहिदो दुःख दिइरहेको छिमेकी मुलुक भारतका लागि प्रस्तावित राजदुतलाई सांसदहरुले संसदीय कठघरामा उभ्याएका छन् । उनीहरुले नेपोबेबीको तिखो सवालदेखि नाकाबन्दी र विमानस्थलसम्मबारे प्रश्न मात्रै गरेनन् त्यस्ता समस्यालाई हल गर्ने उपाय समेत मागेका छन् ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा सांसदहरूले प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेमाथि प्रश्नैप्रश्नको वर्षा गरेका छन्। केवल औपचारिकतामा सीमित हुनेगरेको सुनुवाइलाई सांसदहरूले ११ वर्षअघिको अमानवीय नाकाबन्दी, थन्किएको ईपीजी प्रतिवेदन, पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा भारतको अवरोध, चिनियाँ जलविद्युत निर्यातमा भारतीय आनाकानी र परिवारवादको विषयमा समेत कडा सवाल–जवाफ गर्दै दह्रो रूपमा प्रस्तुत भएका छन्।
सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठक प्रस्तावित राजदूत डा। निश्चलनाथ पाण्डेका लागि सहज भएन। पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरासमेत रहेका पाण्डेलाई रास्वपा सांसद राजीव खत्रीले सिधै प्रश्न गरे— “तपाईं पूर्वमन्त्रीको छोरा हुनुहुन्छ, जनताको नजरमा तपाईं ’नेपो बेबी’ हो कि होइनरु नेपालको कूटनीतिमा लागेको खिया कसरी फाल्नुहुन्छरु“ जवाफमा प्रस्तावित राजदूत पाण्डेले आफूले आफ्नै योग्यता र मिहिनेतले पढेको दाबी गर्दै भने— “आफ्नो क्वालिफिकेसन नभई बाबु–बाजेको नाम मात्र भिराउँछ भने त्यो नेपो बेबी हो, म होइन।“ तर पाण्डेको यो प्रष्टीकरणले मात्र सांसदहरू चित्त बुझाउने पक्षमा थिएनन्।
सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूले नेपाल–भारत सम्बन्धका एकपछि अर्को पेचिला काण्डहरू टेबलमा राखे। बैठकमा सांसदहरूले भारतसँग जोडिएका जल्दाबल्दा राष्ट्रिय हितका मुद्दाहरू कडा रूपमा उठाएः
अमानवीय नाकाबन्दीः एमाले सांसद प्रेम दंगालले भारतले ११ वर्षअघि लगाएको मानवताबिहीन नाकाबन्दी किन भयो भन्दै विगतको पीडा सम्झाए र त्यसको जवाफ मागे। साथै १९५० को सन्धि पुनरवलोकन र ईपीजी प्रतिवेदन भारतले किन बुझ्न मानिरहेको छैन भनी प्रश्न तेस्र्याए।
विमानस्थल र हवाई रुटः माओवादी नेता तथा सांसद वर्षमान पुन र रास्वपाका सांसदहरूले भैरहवा र पोखरा विमानस्थलमा भारतले नियमित उडान र हवाई रुट दिन किन आनाकानी गरिरहेको छ भनी प्रश्न गरे।
ऊर्जा र व्यापार घाटाः चीनको लगानी भएका जलविद्युत आयोजनाको बिजुली खरिद गर्न भारतले तेस्र्याएका अवरोधहरू सुल्झाउन र बढ्दो व्यापार घाटा घटाउन राजदूतको ठोस योजना के छ भन्ने विषयमा चर्काचर्की भयो।
सांसदहरूले उठाएका यी प्रश्नमा प्रस्तावित राजदूत पाण्डेले नेपालतर्फको राजनीतिक अस्थिरतालाई मुख्य कारक देखाउँदै भने— “पोखरा र भैरहवा विमानस्थल बनाउनुअघि नै भारतको सरोकार हरिनुपथ्र्यो, तर त्यो हेरिएन। नेपालमा राजनीतिक अस्थिरताकै कारण कूटनीतिक स्थायित्व हुन सकेन।“
दशकौँदेखि असमान सन्धि, सिमानाको किचलो, नाकाबन्दीको पीडा र बन्दै गरेका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा भारतीय अरुचि जस्ता गम्भीर राष्ट्रिय मुद्दासँग जुध्न अब केवल परम्परागत कूटनीति चल्दैन भन्ने कुरा संसद्को यो सुनुवाइले प्रस्ट पारेको छ। ’नेपो बेबी’को आरोपदेखि ईपीजी प्रतिवेदनसम्मका पेचिला सवालमा सांसदहरूले जुन दृढता देखाएका छन्, यसले दिल्लीमा जाने राजदूत अब मूकदर्शक बन्न नपाउने कडा संदेश दिएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया