१८ कात्तिक २०८३
काठमाडौं- सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेपछि, मनोज केसीलाई संठनको नेतृत्व दिएपछि छट्पटिमा परेका आइजीपी दानबहादुर कार्की सर्वोच्च जाने तयारीमा जुटेका छन् । आफूमाथि अन्याय भएको भन्दै उनले कानुन ब्यवसायीसँग परामर्श थालेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मनोज केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो भने आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको छ । र, विशेष सुरक्षा सल्लाहकार पदमा कार्कीलाई खटाउने सरकारले निर्णय गरेको छ ।
जुन निर्णयसँगै प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका आइजीपी कार्कीले सरकारको निर्णय उल्टाउन माग गर्दै अदालत जाने तयारी गरेका छन् । कार्कीले कानुन व्यवसायी स्वागत नेपालसँग अदालत जानेबारे परामर्श गरेका छन् । टेलिफोनमा कुराकानी गर्दे आइजीपी कार्कीले अब के गर्दा उचित हुन्छ भनेर परामर्श मागेका अधिवक्ता नेपालसँग डिएनए खबरलाई बताए । ‘के गर्ने भनेर सोध्नुभयो, कानुनी लडाइँ बाहेक अर्को बाटो छैन भनेको छु,’ अधिवक्ता नेपालले भने । रिटका लागि पुराना नजिरको अध्ययन भइरहेको र सकेसम्म चाडो दर्ताको प्रयास भइरहेको कार्की निकट स्रोतले जनाएको छ।
सरकारले आइजीपी कार्की प्रहरी संगठनको नेतृत्वबाट हटाए जस्तैगरी ३४ वर्षअघि अच्युत कृष्ण खरेललाई पनि तत्कालिन सरकारले आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए ।
खरेललाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो ।
रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो । अनि उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो । त्यहि नियतिमा अहिले दानबहादुर कार्की पुगेका छन् । प्रहरी पोशाक खरिदमा घोटालाको आरोप लागेपछि, बिचौलिया इनम सापाकोटासँग नाम जोडिएपछि र पत्रकारलाई आफूविरुद्ध समाचार लेखेकै कारण पक्राउ गरेपछि उनलाई सरकारले प्रहरी प्रमुखबाटै हटाएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया