१९ साउन २०८२
काठमाडौं- अन्ततः मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेश बमोजिम पुपक्षका लागि थुनामा पठाइएका प्रसाईलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएसँगै उनी छुटेका हुन्।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै २८ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ।तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो ।
यस्तै तीनकुने घटनाका अभियुक्तहरू सुशील बराल र तारा राजावादी भन्ने सरोज गौतमसँग ५०–५० हजार रूपैयाँका दरले धरौटी माग गरेको छ । यस्तै डण्डपाणि रेग्मीलाई १० हजार रूपैयाँ धरौटीमा छाडिएको छ ।
जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको थियो। तीमध्ये गोकर्ण शाही, केसव बस्नेत र कुमार तामाङबाहेकका ४ जना जिल्लाको आदेश बदरको माग गर्दै उच्च अदालत पुगेका थिए। शाही, बस्नेत र तामाङ भने डिल्ली बजार कारागारमा छन्। गत चैत १५ गते तीनकुने घटना ३२ जनालाई भने त्यतिबेलै जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो।
यस घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। प्रसाईँलाई लगाइएको मध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि जिल्ला अदालतले भनेको थियो। आपराधिक उपद्रवमा संलग्नता देखिएको भन्दै थुनामा पठाउन आदेश दिएको थियो।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया