०२ भदौ २०८२
काठमाडौं- रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।
‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि जस्तो लागेर जाँचका लागि उपसभापतिज्यूले पनि भन्नुभयो,’ झाले भने, ‘अहिले रगत परीक्षणका लागि पठाइएको छ ।’ लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।
पहिलो दिनउनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।
विकास, सुशासन र जनउत्तरदायी नेतृत्वप्रति प्रतिबद्ध छुः मणिराम फुयाल
बालेन झापा–५ मा घरदैलो अभियानमा
चिनियाँ ठेकेदारको ८० करोडको मुद्दा सर्वोच्चको संयुक्त इजलासमा
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था
मतपत्र छपाइ अन्तिम चरणमा
चुनावलाई चीनको साढे ५८ करोड
टुँडिखेलमा अमेरिकी सेना
भद्रपुर विमानस्थलमा ओली : चुनाव भयो भने हामी भाग लिन्छौँ
जुम्लामा एम्बुलेन्सको भाडा बढेपछि विरोध
पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा
प्रतिक्रिया