२१ मंसिर २०८२
काठमाडौं- हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रभित्र पर्ने राजमार्ग विस्तारबाट प्रभावित नगरवासीलाई लक्षित गरि ९ बुँदे निर्णय गरेको छ ।
आइतबार बसेको उपमहानगरको ७६औं कार्यपालिका बैठकले विस्थापित व्यवसायीदेखि घरधनीसम्मलाई समेटेर विभिन्न ९ वटा बुँदामा निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार उपमहानगरले सडक विस्तारका क्रममा घर भत्किएका घरधनीहरूलाई पुनः घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने भएको छ। यसका लागि अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय समेत भएको छ।
त्यस्तै, सडक विस्तारका कारण विस्थापित भई व्यवसाय सञ्चालन गर्न नसकेका व्यवसायीहरूको लगत सङ्कलन गरी उनीहरूले पुनः व्यवसाय सुरु नगरेसम्मका लागि व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने भएको छ।
प्रभावित क्षेत्रमा पुनः घर निर्माण गर्दा २००० वर्गफिटसम्मको नक्सा पास दस्तुर छुट दिने प्रस्ताव पनि उपमहानगरले नगर सभामा लैजाने भएको छ। साथै, भवन निर्माण प्रक्रियालाई सहज बनाउन (फास्ट ट्रयाक) विधि अपनाइने र उपमहानगरले प्राविधिक सहयोगसहित नक्सा पासका सेवाहरू द्रुत गतिमा प्रवाह गर्ने निर्णय गरेको छ। घर निर्माण सामग्री सुलभ रूपमा उपलब्ध गराउन पनि सम्बन्धित निकायसँग समन्वय गरिने महानगरले जनाएको छ ।
सडक विस्तारका कारण जग्गाको अंश नरहने र अन्यत्र पनि घरजग्गा नभई पूर्ण रूपमा विस्थापित हुने ९घरवारविहीन० पीडितहरूको वडा कार्यालयमार्फत विवरण सङ्कलन गरिने भएको छ। मालपोत कार्यालयबाट विवरण जाँच गरी वास्तविक घरवारविहीनलाई आयोजनामार्फत आवास व्यवस्थापन गर्न उपमहानगरले सहजीकरण गर्नेछ।
यसैगरी उपमहानगरले सडक विस्तारपछि बन्ने संरचनाहरूलाई व्यवस्थित बनाउन हेटौंडाको पहिचान झल्किने गरी ुनमूना घर मोडलु तयार गर्ने निर्णय गरेको छ। सोही मोडल अनुसार घर निर्माण गर्न सहजीकरण गरिनेछ।
साथै, हेटौंडा उपमहानगरपालिका हुँदै जाने त्रिभुवन राजपथलाई, पर्यटकीय राजमार्गु का रूपमा सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
उपमहानगरले सडक विस्तार कार्यमा सहयोग पुर्याउने घरधनी, व्यवसायी तथा आम नगरवासीलाई धन्यवाद ज्ञापन गर्दै मकवानपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरूसँग समन्वय गरी बजार व्यवस्थापन र व्यवसायको निरन्तरताका लागि पहल गर्ने जनाएको छ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया