१९ मंसिर २०८२
काठमाण्डौ – गएको आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १ सय ५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रूपमा ९ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँ बराबर लगानी गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गएको आर्थिक वर्ष २०८१र८२ सम्ममा सरकारको कुल शेयर लगानी १ सय १६ संस्थानमा ४ खर्ब ४ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
सबैभन्दा बढी शेयर लगानी रहेका संस्थामा नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् ।
त्यस्तै गएको आर्थिक वर्षसम्मको सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट १ खर्ब ५८ अर्ब १८ करोड २१ लाख र वैदेशिक स्रोतबाट ३ खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।
धेरै ऋण लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।
गएको आर्थिक वर्षमा सरकारले साँवा फिर्तातर्फ २ अर्ब ६२ करोड २९ लाख ९४ हजार र ब्याज असुलीतर्फ ५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबर प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै गएको आर्थिक वर्षमा मात्र शेयर लगानीतर्फ ५ अर्ब ५२ करोड ६ लाख र ऋण लगानीतर्फ ३५ अर्ब ९५ करोड ९७ लाख गरी कुल ४१ अर्ब ४८ करोड ४ लाख रुपैयाँ बराबर लगानी भएको छ ।
विभिन्न संस्थान र निकायमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायले समयमा सरकारलाई साँवा–ब्याज भुक्तानी नगर्दा त्यसको दायित्व क्रमशः बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०८१/८२ सम्ममा भाका नाघेको साँवा २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख र भाका नाघेको ब्याज १ खर्ब ४० अर्ब ८८ करोड २३ लाख गरी कुल भाका नाघेको रकम ४ खर्ब ८ करोड २० लाख रुपैयाँ रहेको छ ।
भाका नाघेको साँवा–ब्याज बढी भएका सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया