०५ माघ २०८२
काठमाडौं- सामाजिक अभिायान्ताको छवि बनाएकी जेनजी आन्दोलनमा राम्रै सहयोग गरेकी आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाटै चुनाव लड्ने भएकी छिन् । उनीलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने गरी टिकट दिएको छ ।
सोमबार आशिकालाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्। यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्। उनलाई समानुपातिक सूचीमा बस्न रास्वपामा वरिष्ठ नेता बालेन शाहले आग्रह समेत गरेका थिए । तर, उनी प्रत्यक्षमै चुनाव लड्ने निधोमा पुगेकी थिइन् । त्यस्तो रास्वपाको समानुपातिक सूचीलाई लिएर उनले रास्वपाको खुलेर आलोचना गरेकी थिइन ।
२०७९ को निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट रास्वपाले कमेडियन हिमेश पन्तलाई उम्मेदवार बनाएको थियो । त्यतिखेर हिमेशले १२ हजार ४७५ मत पाएका थिए भने चुनाव जितेका तत्कालिन एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले ३५ हजार ९३४ मत ल्याएका थिए । यसपटक पनि पाण्डे उम्मेदवार बन्दैछन् । पूर्वमुख्यमन्त्री समेत रहेका पुराना राजनीतिक खेलाडी पाण्डेलाई आशिकाले यसपटक चुनौती दिने भएकी छिन्।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया