०५ माघ २०८२
काठमाडौं- सामाजिक अभिायान्ताको छवि बनाएकी जेनजी आन्दोलनमा राम्रै सहयोग गरेकी आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाटै चुनाव लड्ने भएकी छिन् । उनीलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने गरी टिकट दिएको छ ।
सोमबार आशिकालाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्। यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्। उनलाई समानुपातिक सूचीमा बस्न रास्वपामा वरिष्ठ नेता बालेन शाहले आग्रह समेत गरेका थिए । तर, उनी प्रत्यक्षमै चुनाव लड्ने निधोमा पुगेकी थिइन् । त्यस्तो रास्वपाको समानुपातिक सूचीलाई लिएर उनले रास्वपाको खुलेर आलोचना गरेकी थिइन ।
२०७९ को निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट रास्वपाले कमेडियन हिमेश पन्तलाई उम्मेदवार बनाएको थियो । त्यतिखेर हिमेशले १२ हजार ४७५ मत पाएका थिए भने चुनाव जितेका तत्कालिन एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले ३५ हजार ९३४ मत ल्याएका थिए । यसपटक पनि पाण्डे उम्मेदवार बन्दैछन् । पूर्वमुख्यमन्त्री समेत रहेका पुराना राजनीतिक खेलाडी पाण्डेलाई आशिकाले यसपटक चुनौती दिने भएकी छिन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया