११ फागुन २०८२
काठमाडौं - धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । घटनाबारे छानिबन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘संयोजक र सदस्यहरुको नाम टुंगो लाग्न बाँकी छ ।’
सोमबार बिहान पोखराबाट आउँदै गरेको ग।२ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौडामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी डिल्लीनारायण पाण्डेले बताए।
दुर्घटनामा परेर २५ जना घाइते भएका छन् । घटनाबारे छानबिन कार्यदल गठन गर्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरोकारवालाहरुसँग छलफल गरेका थिए। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र गृह मन्त्रालयका सचिव सहभागी थिए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया