०७ माघ २०८२
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन झापा क्षेत्र ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गरेसँगै एमाले कांग्रेसका नेताहरु नै बालेनका पक्षमा उर्लिएका छन् । दशौं हजार समर्थकको भीडका बीच उम्मेदवारी दर्ता गराएका बालेनलाई कांग्रेस र एमालेका नेता कार्यकर्ताले धमाधम पार्टी छाडेर साथ दिन थालेका छन् ।
मंगलबार बालेनले उम्मेदवारी दर्ता गरेकै दिन नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर बालेनलाई सघाउने घोषणा गरेका थिए । उनले झापा–५ मा बालेनलाई सघाउन आफूले कांग्रेसको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएको बताएका छन्। बुधबार एमाले निकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले पनि संगठन छाडेर बालेनलाई साथ दिने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका छन्। ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्। उनले त्यसपछि स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि बताएका छन्।
आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हराउन युवासंघका नगर अध्यक्ष मैदानमा उत्रिएका छन्। उनले आफूसँगै सयौं युवाहरु वालेनको उतारेका छन्। बालेनका लागि एमालेका कार्यकर्ताले नै धमाधम पार्टी छाड्न थालेपछि ओली झन झन खतरामा परेका छन्। यता बालेनले भने उम्मेदवारी दर्तासँगै बुधबार बिहानैदेखि स्थानीयसँग भेटघाट तब्र पारेका छन् । स्थानीयको गुनासो र देशको समस्याका विषयमा छलफल थालेका छन्।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया