२० पुस २०८२
काठमाडौं - सन् २०२५ मा दुई हजार ७९० जना नेपाली विभिन्न देशबाट निष्कासनमा परेका छन्। अध्यागमन विभागका अनुसार सबैभन्दा धेरै मलेसियाबाट ४९८ जना निष्कासित भएर आएका छन्।
त्यस्तै, संयुक्त राज्य अमेरिकाबाट ४६२, युनाइटेड अरब इमिरेट्सबाट ३२३, दक्षिण कोरियाबाट २५७, जापानबाट १२८ डिपोर्ट भई आएका हुन्। सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद भुक्तान गरेको, भिसा नलिई गैरकानुनी बसेको, सम्बन्धित मुलुकको अध्यागमन कानुनविपरीतको कार्य गरेकोलगायतका कसुरमा उनीहरू निष्कासनमा परेको अध्यागमन विभागले जनाएको छ ।
सन् २०२५ मा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन्। त्यसमध्ये ४३७ जना ओभरस्टे ९नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका० र बाँकी ६४ विभिन्न अपराधमा संलग्न थिए। भिसाको उद्देश्यविपरीत नेपालमा बसेका, लागुऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहारलगायतका कसुरजस्ता अपराधमा सजाय भुक्तान गरी डिपोर्ट भएका हुन्। नेपालबाट निष्कासित भएकामा सबैभन्दा धेरै चिनियाँ छन् ।
त्यस्तै, सन् २०२५ मा नेपालको अध्यागमनले विभिन्न ३६ मुलुकका ११६ जनाको प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको छ। प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामा सबैभन्दा बढी भारत र चीनका नागरिक छन्। भिसाको म्याद सकिएका, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएका, आपराधिक अभिलेख भएका, सुरक्षा खतराको कारण वा विगतमा पटक–पटक अध्यागमन नियम उल्लंघन गरेका विदेशी नागरिकलाई अध्यागमनले नेपालमा प्रवेश दिँदैन।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया