१७ फागुन २०८२
काठमाडौं - इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले इरानी सशस्त्र सेनाको इतिहासकै सबैभन्दा खतरनाक आक्रमण शुरू हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
इरानको सरकारी टेलिभिजनले इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका पुष्टि गरेपछि यो चेतावनी आएको हो । आक्रमणमा खामेनीका छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका इरानी सञ्चारमाध्मयले जनाएका छन् । खामेनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा भएको छ ।
खामेनीको मृत्युपछि अब राष्ट्रपतिसहित तीन जनाले त्यहाँको सत्ता सञ्चालन गर्ने भएका छन् । राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले अहिलेको सङ्क्रमण्लाई सम्हाल्ने खबरमा उल्लेख छ ।
यसैबीच इजरायलले इरानमाथि आक्रमणको अर्को लहर शुरू गरेको बताएको छ । यसले मध्यपूर्वलाई अस्थिर बनाउने खतरा बढाएको छ । इजरायली सेनाले आज बिहान इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई रक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि प्रत्याक्रमण गरेको छ । इरानले अमेरिकी सैन्य अड्डा भएका ठाउँहरू यूएई, कतारको दोहा, बहराइन र कुवेतमा आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ । आक्रमणमा परेर इरानमा दुई सय जनाभन्दा धेरै मारिएका रेड क्रिसेन्टले जनाएको छ ।
मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले पनि उडान रद्द गरेका छन् । धेरैजसो देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेका छन् ।
मध्यपूर्वमा तनाव बढेसँगै संयमित हुन र वार्ताबाट समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया