१७ फागुन २०८२
काठमाडौं - इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले इरानी सशस्त्र सेनाको इतिहासकै सबैभन्दा खतरनाक आक्रमण शुरू हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
इरानको सरकारी टेलिभिजनले इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका पुष्टि गरेपछि यो चेतावनी आएको हो । आक्रमणमा खामेनीका छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका इरानी सञ्चारमाध्मयले जनाएका छन् । खामेनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा भएको छ ।
खामेनीको मृत्युपछि अब राष्ट्रपतिसहित तीन जनाले त्यहाँको सत्ता सञ्चालन गर्ने भएका छन् । राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले अहिलेको सङ्क्रमण्लाई सम्हाल्ने खबरमा उल्लेख छ ।
यसैबीच इजरायलले इरानमाथि आक्रमणको अर्को लहर शुरू गरेको बताएको छ । यसले मध्यपूर्वलाई अस्थिर बनाउने खतरा बढाएको छ । इजरायली सेनाले आज बिहान इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई रक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि प्रत्याक्रमण गरेको छ । इरानले अमेरिकी सैन्य अड्डा भएका ठाउँहरू यूएई, कतारको दोहा, बहराइन र कुवेतमा आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ । आक्रमणमा परेर इरानमा दुई सय जनाभन्दा धेरै मारिएका रेड क्रिसेन्टले जनाएको छ ।
मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले पनि उडान रद्द गरेका छन् । धेरैजसो देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेका छन् ।
मध्यपूर्वमा तनाव बढेसँगै संयमित हुन र वार्ताबाट समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया