१६ असोज २०८३
काठमाडौं - प्रधानमन्त्री नै मै हुँ झै गरेर हिड्ने, गाडीका लस्कर दौडाउने र सोहोरी–नसक्ने गरी राज्यकोषबाट तलब–भत्ता बुझ्ने । यसअघिका प्रधानमन्त्रीका मुख्य सल्लाहाकारहरुको विशेषता हो यो ।
तर, यहि भिडमा हालका प्रधानमन्त्री बालेन शाहका मुख्य सल्लाहकार कुमार बेन फरक देखिएका छन् । अमेरिका जाँदा समेत सामान्य सट लगाएर उड्ने उनी यति सादगी र सरल देखिएका छन् की मन्त्रीसरहको श्रेणी र जिम्मेवारी पाए पनि सरकारी तलब–भत्ता तथा पारिश्रमिक भने एक रुपैयाँ नलिएको पाइएको छ । कतिसम्म भने उनी सरकारी गाडी समेत चड्दैनन् बरु मोटरसाइकलमै अरुसँग लिफ्ट मागेर सिंहदरबारसम्म पुग्ने गरेका छन् ।
मन्त्रीसरहको मर्यादा, भूमिका र जिम्मेवारी पाएका कुमार बेन ‘अवैतनिक’ छन्। अर्थात्, मन्त्री स्तरको शक्तिशाली पदमा रहेर पनि उनले राज्यबाट कुनै तलब, भत्ता वा पारिश्रमिक लिँदैनन्। विदेश भ्रमणमा जाँदासमेत सामान्य पहिरनमा देखिने बेनको यो सादगीपनले यतिबेला सिंहदरबारभित्रै नयाँ बहस छेडेको छ— ‘कुमार बेन मोडल’।
प्रधानमन्त्रीको सचिवालयमा मन्त्रीसरह सुविधा पाउनेमध्ये राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवाल पनि छन्। अग्रवालसमेत अवैतनिक स्वास्थ्य सल्लाहकार हुन्।
यसअघि प्रधानमन्त्री कार्यालयले कांग्रेस सांसद सीता थपलिया ‘उर्मिला’ले प्रतिनिधिसभामार्फत सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्रीको सचिवालयमा २७ जना नियुक्त रहेको जानकारी दिएको थियो। त्यतिबेला मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार गरी दुई जनालाई मन्त्रीसरह तथा नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार गरी दुई जनालाई राज्यमन्त्रीसरह सुविधा दिने उल्लेख गरिएको थियो। तर अहिले प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको नामावलीमा २५ जना पदाधिकारी देखिएका छन्।
यी हुन प्रधानमन्त्रीको सचिवालयमा रहेका २५ सदस्य
मन्त्री सरहको हैसियतमा
कुमार बेन– मुख्य सल्लाहकार ,असिम शाह– राजनीतिक सल्लाहकार ,राज्यमन्त्री सरहको सेवा सुविधान पाउनेमा, सुदीप ढकाल– नीति, प्रशासन तथा सुशासन सल्लाहकार ,विवेक मिश्र– सूचना तथा सञ्चार प्रविधि सल्लाहकार ,प्रा.डा। जगदीशप्रसाद अग्रवाल– स्वास्थ्य सल्लाहकार
स्वकीय सचिवालयतर्फ
सचिव सरहको सेवा सुविधा पाउनेमा,सुवाष शर्मा– प्रमुख स्वकीय सचिव ,नवीन भण्डारी– स्वकीय सचिव ,सहसचिव सरहको सेवा सुविधा पाउनेमा,दीपा दाहाल– प्रेस विज्ञ,सञ्जीव पाण्डे,सन्तोष गिरी ,विश्व राई ,उपसचिव सरहको सेवा सुविधा पाउनेमा,प्रकृति ढकाल, विशाल अधिकारी ,विनय शाक्य,शाखा अधिकृत सरहको सेवा सुविधा पाउनेमा,सुमन गौतम ,रवि किरण अधिकारी ,सुरेन्द्र बजगाई ,रोशन तामाङ ,बेदानन्द जोशी ,हेम नारायणदास चौधरी ,प्रशासन सहायक सरहको सेवा सुविधा पाउनेमा,अनुप थापा मगर,ऋषि थापा ,राजकुमार गौतम ,अमृत पाण्डे बेनिस कार्की
४८ जनाको दरबन्दी रहेको ठाउँमा २५ जनाको टिम परिचालन गरिएको छ। जसमा दुईजना सल्लाहकारहरूले राज्यकोषलाई एक रुपैयाँ पनि भार पारेका छैनन्। ५ जनाको सल्लाहकार समूहबाहेक स्वकीय सचिवालयतर्फ प्रमुख स्वकीय सचिव सुवाष शर्माको नेतृत्वमा २० जनाको टिम कार्यरत छ। जसमा राजपत्रांकित प्रथम श्रेणीदेखि प्रशासन सहायकसम्मका कर्मचारी छन्।
सचिवालयमा कति मान्छे छन् र उनीहरूले कति गाडी, इन्धन र खाजा खर्च चलाउँछन् भन्ने प्रश्न उठिरहँदा, मुख्य सल्लाहकार कुमार बेन र डा। जगदीशप्रसाद अग्रवालको ‘निःशुल्क सेवा’ भने अरूका लागि गतिलो पाठ बनेको छ।
“पद पाउनसाथ सेवासुविधा र गाडीको लस्कर खोज्ने राजनीतिक संस्कृतिमा ’अवैतनिक’ बनेर मुख्य सल्लाहकारको भूमिका निभाउनु पक्कै पनि सामान्य विषय होइन। २५ जनाको सचिवालयमा ’कुमार बेन मोडल’ले राज्यकोषको बचत मात्र गरेको छैन, राजनीति र राज्यसेवामा निष्काम सेवाको एउटा बलियो मानक पनि खडा गरेको छ।मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
प्रधानमन्त्री नै मै हुँ झै गरेर हिड्ने, गाडीका लस्कर दौडाउने र सोहोरी–नसक्ने गरी राज्यकोषबाट तलब–भत्ता बुझ्ने । यसअघिका प्रधानमन्त्रीका मुख्य सल्लाहाकारहरुको विशेषता हो यो । तर, यहि भिडमा हालका प्रधानमन्त्री बालेन शाहका मुख्य सल्लाहकार कुमार बेन फरक देखिएका छन् । अमेरिका जाँदा समेत सामान्य सट लगाएर उड्ने उनी यति सादगी र सरल देखिएका छन् की मन्त्रीसरहको श्रेणी र जिम्मेवारी पाए पनि सरकारी तलब–भत्ता तथा पारिश्रमिक भने एक रुपैयाँ नलिएको पाइएको छ । कतिसम्म भने उनी सरकारी गाडी समेत चड्दैनन् बरु मोटरसाइकलमै अरुसँग लिफ्ट मागेर सिंहदरबारसम्म पुग्ने गरेका छन् ।
मन्त्रीसरहको मर्यादा, भूमिका र जिम्मेवारी पाएका कुमार बेन ‘अवैतनिक’ छन्। अर्थात्, मन्त्री स्तरको शक्तिशाली पदमा रहेर पनि उनले राज्यबाट कुनै तलब, भत्ता वा पारिश्रमिक लिँदैनन्। विदेश भ्रमणमा जाँदासमेत सामान्य पहिरनमा देखिने बेनको यो सादगीपनले यतिबेला सिंहदरबारभित्रै नयाँ बहस छेडेको छ— ‘कुमार बेन मोडल’।
प्रधानमन्त्रीको सचिवालयमा मन्त्रीसरह सुविधा पाउनेमध्ये राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवाल पनि छन्। अग्रवालसमेत अवैतनिक स्वास्थ्य सल्लाहकार हुन्।
यसअघि प्रधानमन्त्री कार्यालयले कांग्रेस सांसद सीता थपलिया ‘उर्मिला’ले प्रतिनिधिसभामार्फत सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्रीको सचिवालयमा २७ जना नियुक्त रहेको जानकारी दिएको थियो। त्यतिबेला मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार गरी दुई जनालाई मन्त्रीसरह तथा नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार गरी दुई जनालाई राज्यमन्त्रीसरह सुविधा दिने उल्लेख गरिएको थियो। तर अहिले प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको नामावलीमा २५ जना पदाधिकारी देखिएका छन्।
आफ्नै सरकारविरुद्ध रविको विद्रोह १ सत्ता उन्मादन नदेखाउन बालेनलाई दिए चेतावनी, आक्रोश पोख्दै भने– हाम्रो भूइँमा खुट्टा छैन, मान्छेलाई मान्छे गनेका छैनौँ
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
रास्वपामा अवसरवादीको ओइरो ? वडाध्यक्ष बन्न भएनन् कोही तयार, दिक्क हुँदै रविले भने– अब वडाध्यक्ष मै लड्छु
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको सनसनीपूर्ण बयान– श्रीमतीको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए ?
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
आइजीपी प्रकरणले बालेन–रविको सम्बन्धमा भुइँचालो, देश जोगाउने कि पार्टी जोगाउने भन्दै खनिए रविसँग खनिए बालेन
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी
प्रतिक्रिया