१५ कात्तिक २०८३
काठमाडौं - नेपाली कांग्रेस संस्थापनइतर पक्षले आइतबार ९कात्तिक १५०देखि औपचारिक रूपमा जिल्ला अधिवेशन सुरु गरेको छ । यो समूहले यसै वर्ष असोज १५ गतेदेखि वडा अधिवेशन थालेको थियो । अब जिल्ला अधिवेशनलाई औपचारिक रूपमा अगाडि बढाएको हो ।
तर, औपचारिक कार्यतालिका सुरु हुनुअघि नै २२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको उक्त समूहको निर्वाचन समितिले जनाएको छ । संस्थापनइतरको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले धेरै जिल्लामा अधिवेशनको तयारी पूरा र केहीमा वर्षाका कारण प्रभावित भएको जानकारी दिए ।
उनले बाह्रखरीसँग भने, “धेरै जिल्लामा तयारी भएको छ भन्ने सुन्नमा आएको छ । वर्षाका कारण केही जिल्लामा प्रभावित भएको छ । धेरैले आजै ९कात्तिक १५० सुरु गर्ने कुरा छ ।”
यो समूहले असोज २० देखि पालिका र असोज २३ देखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सञ्चालन गरेको थियो । मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तय छ ।
केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने घोषणा गरिएको छ । जिल्ला अधिवेशन सम्पन्न भएपछि प्रदेश र केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया