०६ मंसिर २०८३
काठमाडौं- सामाजिक सञ्जालमा भाइरल भइरहेको यो संवाद मंसिर ४ गतेको हो । जहाँ एउटा प्रहरी हबल्दारले आफ्नो छोरो हराएको जानकारी गराउन र खोजी पाउ भन्दै गुहार माग्न जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा फोन गर्छन् । सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवले आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि फोन गरेका थिए । सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै सञ्चार शाखामा कार्यरत ब्यक्तिले आफूलाई सई बताउँदै यादवमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुनिन्छ । सार्वजनिक फोन संवादको अडियोमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दार साहेब कि असई साहेब’ भन्दै परिचय सोधेको सुनिन्छ ।
त्यसपछि आफूलाई सई बताउने ब्यक्तिले बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ । सञ्चार शाखाको फोन उठाउनेले सई भएको परिचय दिएपछि यादवले ‘जय नेपाल’ भनेको र छोरा हराएको विषयमा जानकारी गराउन खोज्दा उल्टै गालीगलौज गरेको अडियोमा सुनिन्छ ।
छोरा सम्पर्कविहीन भएको संवेदनशील अवस्थामा खोजी तथा उद्धारका लागि फोन गरेका कर्मचारीमाथि यसरी दुव्र्यवहार भएको अडियो सार्वजनिक भएपछि प्रहरी सङ्गठन नै आलोचित बनेको छ । ति ब्यक्ति को थिए रु जसले आफ्नो छोराको खोजीका लागि फोन गर्नेलाई उल्टै मानसम्मान खोज्दै हप्की दप्की गरे रु यो विषयमा रौतहट प्रहरीले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । उनी जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतो भएको आरोप लागेको छ ।
घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै सत्य तथ्य छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी एसएसपी प्रभुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबिच भएको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
अडियोमा सुनिएको संवाद प्रहरी आचरण विपरीत रहेको भन्दै घटनाको वास्तविकता र कसको लापरबाही रहेको हो भन्ने विषयमा सत्य तथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ । छानबिनबाट दोषी देखिएका प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गरी यथाशीघ्र नतिजा प्रदेश प्रहरी कार्यालयमा जाहेर गर्नसमेत निर्देशन दिइएको छ ।
अडियो सार्वजनिक भएपछि सञ्चार शाखाको फोन उठाउने महत्तो मात्रै होइन समग्र प्रहरी संगठन माथि नै प्रश्न उठेपछि पीडित यादवलाई केरकार गरिएको छ । प्रहरी कर्मचारी नै भएर प्रहरीसँगको संवाद किन सामाजिक संजालमा सार्वजनिक गरेको भनेर उनीमाथि पनि छानविन गर्ने प्रहरीले संकेत गरेको छ ।
प्रहरी संगठन अनुशासन, चेन अफ कमान्ड र नागरिक तथा सहकर्मीप्रतिको संवेदनशीलतामा अडिएको संस्था हो। तर, दर्जा, सलामी र जय नेपालको औपचारिकतामै अल्झिएर पीडामा परेका व्यक्तिमाथि अपशब्द बोल्ने प्रवृत्तिले संगठनको शैलीमाथि नै गम्भीर प्रश्न उठाएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया