१९ मंसिर २०८२
काठमाडौं - उज्यालो नेपाल पार्टीले विदेशमा रहेका र बाहिरी जिल्लामा रहेका मतदातालाई मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार निर्वाचन आयोग पुगेर उज्यालो नेपाल पार्टीले रोजगार, अध्ययन, पेशा व्यवसाय गर्ने नागरिकलाई मतदानको व्यवस्था गर्न आयोगसँग माग गरेको छ ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन गरेको परमादेशको समेत आयोगलाई ध्यानाकर्षण गराइएको प्रवक्ता डा.राजु थापाले जानकारी गराए ।
फिलिपिन्स, मेक्सिको लगायतका देशमा ‘आइ भोटिङ’ प्रणाली मार्फत विदेशमा रहनेलाई मतदान गर्ने व्यवस्था गरिएको हुँदा नेपालले पनि उक्त प्रणाली लागु गर्नेतर्फ आयोगको ध्यानाकर्षण गराइएको छ ।
सरकारी थिंक ट्याङ्क नीति अनुसन्धान प्रतिष्ठान र नेपाली डायस्पोराको सक्रिय सहभागितामा बनेको अन्तर्राष्ट्रिय थिंक ट्याङ्क नेपाल पोलिसी इन्स्टिच्युटको अध्ययनहरूलाई आधार मानेर आयोगले मतदानको व्यवस्था गर्नसक्ने तर्फ सुझाव दिइएको छ ।
नर्स चुस्ने शहीद मेमोरियल अस्पतालविरुद्ध चर्कियो आन्दोलन, मेडिकल डाइरेक्टर र व्यवस्थापन समितिको भागाभाग
प्रहरीको छापापछि अतालियो एनसेल, स्मार्ट सेल खरिदबाट भयो ब्याक, विष्णु पौडेल शैलीमा लिन खोज्दैछ उन्मुक्ति
संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी युवाहरूले गरे बहिष्कार
एनसेलले यसरी कौडीको भाउमा कब्जा गर्यो ३० अर्बको सरकारी सम्पत्ति, एनसेलका अधिकारी समात्दै सिआइबी !
बारम्बार बालेनसँग किन भिड्दैछन् हर्क ,खास के हो दुष्मनी ? मागे प्रधानमन्त्रीको राजीनामा
१३ आयोजनालाई सरकारले दियो ८ अर्ब २५ करोडकाे सामानमा कर छुट, कसले कति पाए ?
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने गुप्तचरी निकाय
अर्जुननरसिंहले भने– प्रधानमन्त्रीले तोकेको मन्त्रीले टेबल गर्दा हुन्छ, ज्ञानेन्द्र र ऐनले भने– आउनैपर्छ
मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट समातिएका थिए सीईओ पाण्डे
मन्त्रीको सचिवालय सदस्य नै अपहरकारी ,नांगै बनाएर भिडियो खिचेपछि जाकिए खोरमा
प्रतिक्रिया