३० कात्तिक २०८३
काठमाडौं- विज्ञता माथि नै प्रश्न उठेपछि, दिएको जिम्मेृवारी गतिलोसँग निर्वाह नगरेपछि प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालमा भएका केहि विज्ञहरुको घटुवा गरेका छन् भने सरकारी मामिला तथा योजना समन्वय विज्ञका रूपमा कार्यरत माधव खनाललाई निकालेका छन् ।
सचिवालयमा विज्ञका रूपमा नियुक्त व्यक्तिहरूको विज्ञता र भूमिकालाई लिएर विभिन्न मन्त्रालयका छलफलमा प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री बालेनले उनीहरुलाई घटुवा गरेर संयोजक र सहसंयोजकको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्रीका सल्लाहकारहरूको जिम्मेवारी भने यथावत् राखिएको छ।
कुमार बेन प्रधानमन्त्रीका मुख्य सल्लाहकारका रुपमा यथावत छन् । मन्त्री सरहको भूमिकामा रहेका उनले तलव भत्ता र सुविधा लिने गरेका छैनन् । राजनीतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार प्राडा जगदीशप्रसाद अग्रवाल छन् । उनीहरु पनि मन्त्रीसरहको भूमिकामा छन् । स्वास्थ्य सल्लाहकार अग्रवालले पनि तलव भत्ता लिदैनन् ।
नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल राज्यमन्त्री सरहको भूमिका रहने गरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार छन् भने विवेक मिश्रले राज्यमन्त्री सरह हुने गरी सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रुपमा कार्यरत छन् । प्रधानमन्त्री बालेनका दुई जना स्वकीय सचिव सुवास शर्मा राजप्रत्राकिंत विशिष्ट श्रेणीमा कार्यरत छन् भने र नवीन भण्डारी राज पत्राकिंत प्रथम सरह हुने गरी स्वकीय सचिवका रुपमा कार्यरत छन् ।
विषयगत रुपमा पाँच जनालाई संयोजक तोकिएको छ । नयाँ व्यवस्थाअनुसार इन्जिनियर सञ्जिब पाण्डेलाई विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनाइएको छ। दीपा दाहाललाई अनुसन्धान विज्ञको जिम्मेवारीबाट हटाउँदै मिडिया व्यवस्थापन संयोजकको भूमिका दिइएको छ। विश्व राईलाई सामाजिक विकास समन्वय संयोजक र सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजकको जिम्मेवारी तोकिएको छ।
प्रधानमन्त्रीको सचिवालयमा उपसचिवका रूपमा नियुक्त व्यक्तिहरूको जिम्मेवारीसमेत परिवर्तन गरिएको छ। प्रकृति ढकाललाई स्वास्थ्य समन्वय उपसंयोजक, सुमन गौतमलाई नागरिक उड्डयन समन्वय उपसंयोजक तथा रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय उपसंयोजक बनाइएको छ।
यस्तै प्रधानमन्त्री बालेनले माधव खनाललाई सचिवालय सदस्यबाट हटाएका छन्। पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गरिएको घटनामा जोडिएका खनाल हालको सचिवालयको जिम्मेवारी हेरफेरको सूचीमा समावेश छैनन्। खनाल सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय विज्ञका रूपमा कार्यरत थिए। अहिले त्यो पदलाई संयोजकमा बदलेर विशाल अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया