२३ असोज २०८३
काठमाडौं- नेपालमा चिनियाँहरुले यति खरतनाक धन्दा चलाउन थालेका छन् की प्रहरी नै यो सब देखेर चकित भएको छ । लाखौं रुपैयाँ तिरेर भब्य महलहरु नै भाडामा लिएर, काठमाडौँमा कारखाना नै खडा गरेर, सुन पगालेर लेसिलो धुलो बनाएर किलोका किलो सुन चिनियाँहरुले तस्करी गर्ने गरेको पाइएको छ । चीनको ग्वान्जाउँबाट ’वीच्याट’ एपमार्फत कमान्ड लिएर चिनियाँहरुले सुनतस्करी गर्ने गरेको सुराकका आधारमा छापा हानेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २२ किलो अवैध सुनसहित तीन जना चिनियाँ ’तस्कर’हरूलाई रङ्गेहात पक्राउ गरेको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भङ्गालमा चिनियाँहरूको अस्वाभाविक आउजाउ र शंकास्पद गतिविधि भइरहेको विशेष सूचना प्रहरीसम्म पुग्छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घरमाथि हप्तौँसम्म सूक्ष्म निगरानी बढाउँछ।
अन्ततः बिहीबार दिउँसो प्रहरीले सो घरमा भीषण छापा मार्यो। छापा मार्दा प्रहरी स्वयं स्तब्ध बन्यो१ घरभित्र सामान्य आवास मात्र थिएन, त्यहाँ त अत्याधुनिक सुन पगाल्ने र प्रशोधन गर्ने सानो कारखानै चलिरहेको थियो। प्रहरीले सोही घरबाट २१ किलो ७ सय ५० ग्राम—अर्थात् झण्डै २२ किलो अवैध सुन, सुन पगाल्ने उपकरण र करोडौँ नगद बरामद ग¥यो ।
प्रहरीले सोही अखडाबाट चीनको जियांग्सु ग्वाङदोङका तीन जना नागरिकहरू—हान फेई, झाउ लङक्विन र वाङ जियाङझेनलाई नियन्त्रणमा लियो। उनीहरूको साथबाट बरामद सुन साधारण स्वरूपको मात्र थिएन। ७ वटा बिस्कुट आकारका ढिक्का, २ किलो ७ सय ग्रााम लेसिलो टुक्राहरू, ६ केजी ३ सय ग्राामको १५ पोका लेसिलो धूलो, २ किलो ८ सय ग्रामको लेसिलो टुक्राहरु, ४ किलोको ४ वटा टुक्राहरु बरामद भएका छन् ।
कसरी चल्थ्यो अन्तर्राष्ट्रिय तस्करीको अखडा ?
प्रहरीको गहिरो अनुसन्धानबाट यो गिरोहको खतरनाक जालो बाहिर आएको छ। गत साउन ८ मा चिनियाँ नागरिक सु कानले काठमाडौँको भङ्गालमा मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तोकेर ४ महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम बुझाएर घर भाडामा लिएका थिए।
त्यसपछि सु कान चीन फर्किए र चाबी मुख्य बोस झेन जिया लीलाई बुझाए। चीनको ग्वान्जाउँमा बसेर सुन तस्करी सञ्चालन गर्ने मुख्य नाइके लिनै हुन्१ उनै बोस लीले असोज १० मा काठमाडौँको घरको चाबी दिएर हान फेई र झाउ लङक्विनलाई नेपाल पठाए।
नेपाल ओर्लिनेबित्तिकै हान फेईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै एक महिनाका लागि इलेक्ट्रिक बीवाइडी कार भाडामा लिए र त्यसैलाई सुन ओसारपसारमा प्रयोग गरे। यसअघि नै साउन १९ मा नेपाल आएका हान फेईले नेपालमा सुनको मूल्य र बजारको रेकी गरेर चीन फर्किएका थिए।
नेपालमा सुन कसलाई, कहाँ र कसरी बुझाउने भन्ने सबै अर्डर चीनमा रहेका बोस लीले ’वीच्याट’ एपमार्फत दिन्थे। वीच्याटमै ग्राहकको पहिचान हुन्थ्यो र सोही अनुसार काठमाडौँमा गाडीमार्फत डेलिभरी दिइन्थ्यो।
काठमाडौँको मुटुमै घर भाडामा लिएर, अत्याधुनिक मेसिन राखेर २२ किलो सुन पगाल्ने यो चिनियाँ ’¥याकेट’माथिको प्रहरी अपरेसन ठूलो सफलता त हो, तर यसले हाम्रा सुरक्षा संयन्त्र र विमानस्थलको चेकजाँचमाथि पुनः ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ। आखिर यति ठूलो मात्रामा लेसिलो सुन काठमाडौँसम्म कसरी भित्रियोरु र यो गिरोहलाई सघाउने नेपाली एजेन्टहरू को–को हुन्रु यसको जरोसम्म पुग्न प्रहरीको अनुसन्धान अझै जारी छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया