१४ माघ २०८२
काठमाडौं - नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर २१ माघबाट ‘विशेष रणनीति’ लागू गर्दैछ ।
जसअनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ-आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् ।
कांग्रेसको ‘निर्वाचन परिचालन निर्देशिका’ मा ‘विशेष रणनीति’बारे उल्लेख गरिएको छ ।
निर्देशिकामा चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ ।
शर्माको संयोजकत्वमा रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गर्दैछ ।
केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा उपसभापति शर्माले ‘विशेष रणनीति’ बारे जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
चुनाव परिचालन समितिले आज ९बुधबार० गण्डकी प्रदेशको छलफल गर्दै छ । मंगलबार कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको थियो ।
छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य, जिल्ला सम्पर्क समितिका सभापति तथा काठमाडौमा रहेका विभिन्न पेशा–व्यवसायमा संलग्न कांग्रेसका शुभेच्छुक र युवा सहभागी छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया