२६ असोज २०८२
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । उनले आज जारी गरेको वक्तव्यमा माओवादी केन्द्रसँगको एकता प्रयासलाई “कुबेलाको बाजा” भनेका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा श्रीमती रविलक्ष्मीको उपचारमा रहेका उनले उतैबाट वक्तव्य जारी गरेका हुन् । पार्टी नेतृत्वको प्रयास र सम्भावित एकतालाई भड्खालोमा लैजाने संज्ञा दिएका छन् ।
भनिएको छ, “यतिबेला हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन, । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं।”
एमालेबाट विभाजन पछिको चार वर्षे राजनीतिक यात्राको समीक्षा गरेपछि मात्रै पार्टीको दिशा तय गर्न सकिने उनको ठहर छ । खनालले अहिलेको आवश्यकता पार्टी एकताको सट्टा बृहत राष्ट्रिय मोर्चा भनेका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया