१४ मंसिर २०८२
काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीको उपत्यका विशेष प्रदेशले यही मंसिर १७ गते एकता सन्देश सभा गर्ने भएको छ ।
सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन् ।
एकता सन्देश सभामा उपत्यका विशेष प्रदेश समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य र प्रदेश अन्तर्गतका आयोगका सदस्य, विभागका सदस्य, महाशाखारशाखाका पार्टी सदस्यहरु सहभागी हुनेछन् ।
गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।
पहिलो दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा, दोस्रो दिन लुम्बिनी प्रदेशको दाङको लमहीमा एकता सन्देश सभा भएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीले आज गण्डकीको पोखरामा सभा गर्दैछ । भोलि कोशी प्रदेशमा र मंसिर १७ गते उपत्यका विशेष प्रदेशमा हुँदैछ । १८ गते कर्णालीमा र २० गते मधेशमा सभा हुनेछ ।
२१ गते प्रवास, २२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा सन्देश सभा गर्ने तालिका तय गरेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया