१४ मंसिर २०८२
काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीको उपत्यका विशेष प्रदेशले यही मंसिर १७ गते एकता सन्देश सभा गर्ने भएको छ ।
सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नेछन् ।
एकता सन्देश सभामा उपत्यका विशेष प्रदेश समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समितिका सदस्य र प्रदेश अन्तर्गतका आयोगका सदस्य, विभागका सदस्य, महाशाखारशाखाका पार्टी सदस्यहरु सहभागी हुनेछन् ।
गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।
पहिलो दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा, दोस्रो दिन लुम्बिनी प्रदेशको दाङको लमहीमा एकता सन्देश सभा भएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीले आज गण्डकीको पोखरामा सभा गर्दैछ । भोलि कोशी प्रदेशमा र मंसिर १७ गते उपत्यका विशेष प्रदेशमा हुँदैछ । १८ गते कर्णालीमा र २० गते मधेशमा सभा हुनेछ ।
२१ गते प्रवास, २२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा सन्देश सभा गर्ने तालिका तय गरेका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया