०९ साउन २०८२
काठमाडौं– विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरी डेढ वर्षअघि बाहिरिएकी एमालेकी तत्कालीन उपाध्यक्ष हुन् ।
उनी त्यही हैसियतमा शुक्रबार पत्रकारसामु प्रस्तुत भइन् । उनले जारी गरेको विज्ञप्तिमा नामको मुनि पूर्वउपाध्यक्ष ९नेकपा एमाले० मात्रै लेखिन् । पूर्व राष्ट्रपतिको हैसियत देखाइनन् ।
राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि नेकपा एमालेको सदस्यता नवीकरण गरिन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसर पारेर एक सन्देश पनि प्रवाह गरिन्– ‘‘अब म पुरानै पार्टी नेकपा एमालेमा सक्रिय भएँ ।’’
यतिखेर उनको राजनीतिक सक्रिय आकांक्षालाई लिएर मुलुकमा तीव्र बहस भइरहेको छ । उनको सक्रिय राजनीति फिर्तीलाई कतिले विरोध–आलोचना गरेका छन् भने एमालेमा ओलीइतर समूहले स्वागत गरेका छन् । जो ओलीसँग असन्तुष्ट छन् ।
सेवा सुविधासँगै उनले पूर्वराष्ट्रपतिको हैसियत छाडेको स्पष्ट सन्देश दिँदै अब सक्रिय राजनीतिमा होमिएको घोषणा गरिन् । मदन भण्डारीको तस्बिरसहितको ब्यानरमा राखिएको पत्रकार सम्मेलनमा उपस्थित भइन् । तर एक्लै !
उनलाई साथ दिनेहरू न त केन्द्रीय कमिटीको बैठकमा बोल्न सके न त उनले गरेको पत्रकार सम्मेलनमा नै उपस्थित भए । कार्यकर्ताले भने उनलाई साथ दिएको देखियो । पत्रकार सम्मेलनमा पनि उनले मदन भण्डारीबाहेक कसैको तस्बिर राखिनन् । नेकपा एमालेले केन्द्रीय कमिटीलगायतका बैठकको ब्यानरमा सूर्य राख्दै आएको छ । सूर्य नेकपा एमालेको चुनाव चिह्न पनि हो ।
पछिल्लोपटक एमाले नेतृत्वको व्यवहार जबजको विकल्प खोज्नेमा केन्द्रित भएको आशंका गर्दै आएकी भण्डारीले शुक्रबारको पत्रकार सम्मेलनमा पटक–पटक जबज सम्झाइन् ।
जबज सम्झाइनन् मात्रै उनले त्यसका व्यवहार कस्ता हुन्छन् भन्ने उदाहरण पनि पेस गरिन्, जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन ।”
उनले जबजकै कारण एमालेले सफलता हासिल गरेको दाबी गरिन् । “जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले) का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आवद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै आज हाम्रो पार्टीले यो सफलता हासिल गरेको हो ।”
उनले नेपाली माटोको सुवासमा जबजको विकास भएको पनि उल्लेख गरिन् ।
“नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ । हामी ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रुपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउनुनर्पे दायित्व हाम्रै हो । यसका निम्ति हामी सबैको निष्ठापूर्वक र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुन सक्दा नै जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ ।”
पटक–पटक जबज उल्लेख गरेकी भण्डारीले पार्टीले सदस्यता नवीकरणसम्बन्धी गरेको निर्णय पूर्णतः बेवास्ता गरिन् । उनले भनिन्– ‘‘म पनि एमालेकै परिवारमा आवद्ध छु । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्दैन ।”उनको यो स्पष्ट चेतावनी केपी ओलीलक्षित थियो । तर उनले ओलीको नाम चाहिँ लिइनन् ।
साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीले गरेको निर्णयलाई उनले ‘हुलहुज्जतले गरेको निर्णय’ भनिदिइन् । केपी शर्मा ओलीप्रति संकेत गर्दै उनले मुठीभरका व्यक्तिले हुलहुज्जतका भरमा निर्णय गरेको आरोप लगाइन् ।
“म पार्टी सदस्य भएको ४५ वर्ष भयो । मैले पार्टी सदस्यता नवीकरण गरेको छु । यसलाई मुठीभरका व्यक्तिले हुलहुज्जतको भरमा आवेग र उत्तेजनामा आएर खारेज गर्न मिल्दैन,” उनको टिप्पणी थियो, “पार्टीको पनि आफ्नो प्रणाली हुन्छ । कसैलाई कतिबेला के मन लाग्यो त्यही गर्नु राम्रो विषय होइन ।’’
‘‘म एमालेको जीवनमा पुनः आएँ,” उनले भनिन् । एमालेको निर्णयबाट आफू विचलित नभएको उल्लेख गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ मदन भण्डारीको सपना भएको संकेत गरिन् ।
केपी शर्मा ओलीले पटक–पटक र निर्वाचनका बेला एजेन्डा बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ कसरी बनाउन सकिन्छ भनेर मदन भण्डारीले नै जनताको बहुदलीय जनताको आधारमा कार्यक्रम ल्याएको भण्डारीको तर्क थियो ।
“जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवादको आधारमा कार्यक्रम ल्याउनुभएको छ । त्यसको आदर्श, मर्म र भावनाअनुसार कार्यान्वयन गर्ने हो,” भण्डारीले पत्रकार सम्मेलनमा भनिन् ।
उनले आफ्नो ध्येय मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अघि बढाउने रहेको पनि बताइन् ।
तर भण्डारीले आगामी कदमबारेमा स्पष्ट पार्न नसके पनि एमालेमै रहेर संघर्ष गर्ने सन्देश भने प्रवाह गरिन् । आगामी योजनाबारे पत्रकारले पटक–पटक सोधेको प्रश्नमा उनले कुनै जवाफ दिइनन् । एमालेले उनको सदस्यता नै खारेज गरेको सन्देश दिँदै वेबसाइटबाट हटाइदिएपछि उनी एमाले नेतृकै हैसियतमा रहन्छिन् कि रहँदिनन् भन्ने प्रश्न भने उठेको छ ।
त्यसलाई भण्डारीले गुमराहमै राख्दै सदस्यता नवीकरण नभए पनि खेल्ने मैदान फेरि पनि एमाले नै भएको स्पष्ट संकेत गरिन् ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया