०४ मंसिर २०८३
काठमाडौं- सारा अन्योलता चिर्नेगरी, मेघा प्रोजेक्टहरुमा ऐतिहासिक सम्झौता गर्नेगरी प्रधानमन्त्री बालेन शाह आइतबार २५ घण्टे भ्रमणका लागि नयाँ दिल्ली उड्ने भएका छन् ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालय दुवैले भ्रमणको तालिका सार्वजनिक गरेसँगै आगामी मंसिर ६ र ७ गते हुने यो दुईदिने राजकीय भ्रमणको स्वरूप प्रस्ट भएको छ। गत फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्री बनेका बालेन शाहको यो पहिलो औपचारिक विदेश भ्रमण केवल औपचारिक शिष्टाचारमा मात्र सीमित रहने छैन। ऊर्जा सहकार्य, सीमापार कनेक्टिभिटी, पूर्वाधार, व्यापार, लगानी र ठूला परियोजनाको उद्घाटन तथा शिलान्यास जस्ता रणनीतिक एजेन्डाहरूले यो भ्रमणलाई विशेष बनाउँदैछन्।
यस्तो छ प्रधानमन्त्री बालेनको भ्रमणको टाइमलाइन
मंसिर ६ गते आइतबार– प्रधानमन्त्री बालेन शाह दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौँबाट प्रस्थान गरी दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्ने कार्यतालिका छ। सोही दिन साँझ ६ बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा। एस। जयशंकरसँग भेटवार्ता तय गरिएको छ।
मंसिर ७ गते सोमबार बिहान १० बजे– राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत र त्यसपछि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। लगत्तै हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
मंसिर ७ गते सोमबार मध्यान्ह १२ः२५ बजे– दुवै देशबीच सहमति र सम्झौता आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन गरिने छ ।
राष्ट्रपति भेट र स्वदेश फिर्ती दिउँसो सवा ३ बजे– राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे दिल्लीबाट प्रस्थान गरी साँझ ६ः३५ बजे काठमाडौँ अवतरण गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणमा सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्य प्राथमिकतामा छन्। सम्पन्न भएका परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससँगै व्यापार, पारवहन, लगानी र पूर्वाधार विकासमा सहकार्य अघि बढाउने विषयमा छलफल हुनेछ। भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
साथै, नेपाल–भारत बिजनेस फोरममार्फत भारतीय लगानी आकर्षित गर्ने र नीतिगत सुधारबारे जानकारी दिने कार्यक्रम पनि समावेश छ। भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सल्लाहकारहरू तथा उच्च अधिकारीसहित ३४ सदस्यीय सरकारी टोली र निजी क्षेत्रका ५२ जना व्यवसायी सहभागी हुने जनाइएको छ।
नेपाल–भारत सम्बन्धमा विगतमा थुप्रै समझदारी र घोषणा भए पनि कार्यान्वयनको गति सधैँ बहसको विषय बन्दै आएको छ। त्यसैले यसपटकको भ्रमणलाई लिएर केवल भेटघाट र विज्ञप्तिमा सीमित नराखी ठोस परियोजना, स्पष्ट समयसीमा र नागरिकले महसुस गर्ने परिणाम सँग जोडेर हेरिएको छ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया