२५ भदौ २०८२
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै मुलुकको विषम परिस्थितिका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको जनाएको छ ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने सूचनामा उल्लेख छ ।
विमानस्थल बन्द रहेको अवस्थामा यात्रुहरूलाई विमानस्थल नआउन र विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्रै आउन अनुरोध गरिएको छ । कार्यालयले यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया