२० पुस २०८२
काठमाडौं - चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पती तुरुन्त रिहा गर्न आग्रह गरेको छ।
आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भेनेजुएलाका नेतालाई बलपूर्वक पक्राउ गरी लगिएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई तत्काल मुक्त गर्न वासिङ्टनसँग माग गरेको हो।
चीनको विदेश मन्त्रालयले भनेको छ, ‘चीन अमेरिकालाई राष्ट्रपति मदुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्ट्याउन बन्द गर्न र वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’
चीनले आफ्नो विज्ञप्तिमा अमेरिकाको कदमले अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्त उल्लंघन गरेको टिप्पणी पनि गरेको छ।
अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गर्दै त्यहाँका राष्ट्रपति मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेर अमेरिका पुर्याएको छ।
अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ।
मदुरोविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाउने तयारी अमेरिकाले गरेको छ।
यसैबीच भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ।
भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको हो।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया