२० पुस २०८२
काठमाडौं - चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पती तुरुन्त रिहा गर्न आग्रह गरेको छ।
आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भेनेजुएलाका नेतालाई बलपूर्वक पक्राउ गरी लगिएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई तत्काल मुक्त गर्न वासिङ्टनसँग माग गरेको हो।
चीनको विदेश मन्त्रालयले भनेको छ, ‘चीन अमेरिकालाई राष्ट्रपति मदुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्ट्याउन बन्द गर्न र वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गर्दछ।’
चीनले आफ्नो विज्ञप्तिमा अमेरिकाको कदमले अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्त उल्लंघन गरेको टिप्पणी पनि गरेको छ।
अमेरिकी सेनाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गर्दै त्यहाँका राष्ट्रपति मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेर अमेरिका पुर्याएको छ।
अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको छ।
मदुरोविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाउने तयारी अमेरिकाले गरेको छ।
यसैबीच भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ।
भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको हो।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया