२३ पुस २०८२
काठमाण्डौ – राष्ट्रियसभा चुनावमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपाल ९जसपा० बिच तालमेल हुने भएको छ ।
यसअघि नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० सहित तालमेलको प्रयास भए पनि अन्तिममा नेकपा गठबन्धनबाट अलग भएको छ । उसले ४ सीट माग्दै आएको थियो । तर सहमति नजुटेको नेताहरुले बताएका छन् ।
कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको नेताहरुले बताएका छन् । त्यसअनुसार जसपा नेपालबाट महन्थ ठाकुरको नाम लगभग तय भएको छ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले आफ्ना ९ उम्मेदवार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई चयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै एमालेले रोशनी मेचे, सोम पोर्तेल, रेखा झा, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ । गठबन्धन नगर्ने अवस्थामा पुगेको नेकपा अहिले छलफलमा छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया