०५ जेठ २०८३
काठमाडौं प्रहरीले पक्राउ गरेका, बिचौलियाको महाराजा भनेर चिनिएका, दिपक भट्ट र व्यवसायीको नाममा कालो धन्दा गर्दै आएका सुलभ अग्रवाल कहाँ होलान रु तपाईलाई लागेको होला प्रहरी हिरासतमै त होलान । तर, होइन दर्शकवृन्द पैसाको बलमा मोजमस्ती गर्दै आएका मन्त्रीदेखि कर्मचारीसम्मलाई किनेर फनफनी घुमाएइका यीनीहरुको बास प्रहरी सुत्ने कोठामा रहेको पाइएको छ ।
बैंकिङ कसुर, बीमा र सेयरको भित्री कारोबारसहित सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि पक्राउ परेका यीनलाई प्रहरीको कोठामा सुताएको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीमाथि छानविन थालिएको छ । भट्ट र अग्रवाललाई हिरासतमै मोबाइल प्रयोग गर्न दिएको समेत पाइएपछि एसएसपी बोगटी छानबिनको दायरामा तानिएका छन् ।
प्रहरी हिरासतमा रहेको बेलामा भट्ट र अग्रवालले बाहिरका केही व्यक्तिसँग मोबाइलबाट सम्पर्क गरेको खुलेको थियो । हिरासतबाट निकालेर प्रहरी कर्मचारीको कोठामा सुताउने, हिरासतमा रहेकालाई भेटघाटका लागी दिइने सुविधा भन्दा अतिरिक्त सुविधा दिने लगायतको विषय खुलेपछि छानबिन समिति नै बनेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले छानबिनको क्रममा ललितपुरको हिरासतमा राखिएका दुबैलाई बोगटीको निर्देशनमा अवैध र अतिरिक्त सुविधा दिएको सूचनाको आधारमा उपत्यका प्रहरी कार्यालयले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
यो घटना बाहिरिएपछि दीपक भट्टलाई प्रहरी वृत्त बौद्धमा सारिएको छ भने अग्रवाल भने स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका छन्। हिमालयन रि–इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा उनीहरूमाथि विभागले छानिबन गरेको हो। त्यस्तै, प्रहरीले बैंकिङ कसुर, बिमा कसुर र धितोपत्रसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ। झन्डै ढेड महिनदेखि यी दुईमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सेयर, जग्गा ठेक्कापट्टादेखि अनेकन धन्दा गरेर अर्बौ कमाएका दीपक भट्टलाई ४५ करोड दिएको खुलेपछि सुलभ अग्रवाल पनि प्रहरी फन्दामा परेका हुन् । जगदम्बा स्टिलकै लागि लिएको कर्जा दुरुपयोग गर्दै अग्रवालको शंखर ग्रुपले दीपक भट्टलाई पैसा बाडेको थियो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया