०५ जेठ २०८३
काठमाडौं प्रहरीले पक्राउ गरेका, बिचौलियाको महाराजा भनेर चिनिएका, दिपक भट्ट र व्यवसायीको नाममा कालो धन्दा गर्दै आएका सुलभ अग्रवाल कहाँ होलान रु तपाईलाई लागेको होला प्रहरी हिरासतमै त होलान । तर, होइन दर्शकवृन्द पैसाको बलमा मोजमस्ती गर्दै आएका मन्त्रीदेखि कर्मचारीसम्मलाई किनेर फनफनी घुमाएइका यीनीहरुको बास प्रहरी सुत्ने कोठामा रहेको पाइएको छ ।
बैंकिङ कसुर, बीमा र सेयरको भित्री कारोबारसहित सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि पक्राउ परेका यीनलाई प्रहरीको कोठामा सुताएको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीमाथि छानविन थालिएको छ । भट्ट र अग्रवाललाई हिरासतमै मोबाइल प्रयोग गर्न दिएको समेत पाइएपछि एसएसपी बोगटी छानबिनको दायरामा तानिएका छन् ।
प्रहरी हिरासतमा रहेको बेलामा भट्ट र अग्रवालले बाहिरका केही व्यक्तिसँग मोबाइलबाट सम्पर्क गरेको खुलेको थियो । हिरासतबाट निकालेर प्रहरी कर्मचारीको कोठामा सुताउने, हिरासतमा रहेकालाई भेटघाटका लागी दिइने सुविधा भन्दा अतिरिक्त सुविधा दिने लगायतको विषय खुलेपछि छानबिन समिति नै बनेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले छानबिनको क्रममा ललितपुरको हिरासतमा राखिएका दुबैलाई बोगटीको निर्देशनमा अवैध र अतिरिक्त सुविधा दिएको सूचनाको आधारमा उपत्यका प्रहरी कार्यालयले डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
यो घटना बाहिरिएपछि दीपक भट्टलाई प्रहरी वृत्त बौद्धमा सारिएको छ भने अग्रवाल भने स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका छन्। हिमालयन रि–इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा उनीहरूमाथि विभागले छानिबन गरेको हो। त्यस्तै, प्रहरीले बैंकिङ कसुर, बिमा कसुर र धितोपत्रसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ। झन्डै ढेड महिनदेखि यी दुईमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सेयर, जग्गा ठेक्कापट्टादेखि अनेकन धन्दा गरेर अर्बौ कमाएका दीपक भट्टलाई ४५ करोड दिएको खुलेपछि सुलभ अग्रवाल पनि प्रहरी फन्दामा परेका हुन् । जगदम्बा स्टिलकै लागि लिएको कर्जा दुरुपयोग गर्दै अग्रवालको शंखर ग्रुपले दीपक भट्टलाई पैसा बाडेको थियो ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया