०२ मंसिर २०८३
काठमाडौं- प्रहरी प्रमुखमा पुर्नबहालीको माग गर्दै, सरकारको निर्णयलाई चुनौति दिदै सर्वोच्च पुगेका पूर्व आइजीपी दानबहादुर कार्कीलाई अदालतले समेत धक्का दिएको छ । प्रहरी प्रमुखबाट हटाएर सरकारले प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएपछि कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको छ । साथै अन्तरिम आदेशको विषयमा छलफलका लागि विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई झिकाउने आदेश गरेको छ । कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, सचितकृष्ण खरेल, डा। दिनमणि पोखरेल, अधिवक्ताहरू टीकाबहादुर कुँवर, माधव बस्नेत लगायतले अन्तरिम आदेश माग गर्दै बहस गरेका थिए ।
कार्कीका तर्फबाट बहस गरेका अधिकांश कानुन व्यवसायीले उनलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीका लागि आजै अन्तरिम आदेश जारी गर्न माग गरेका थिए । उनीहरूले प्रहरी नियमावलीमा महानिरीक्षकको पदावधि स्पष्ट तोकिएको अवस्थामा सरकारले जिम्मेवारी फेरबदलका नाममा कार्कीलाई हटाउन नमिल्ने तर्क गरेका छन्। सुरक्षाका लागि नाम्चे खटाउन मन लाग्यो भन्न मिल्छरु भन्दै प्रश्न गरेका थिए।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । उनको रिट दर्ता प्रक्रियामै सर्वोच्च प्रशासनले २ दिन लगाइ दिएको थियो । दर्ता प्रक्रियामै पहिलो झड्का दिएको सर्वोच्चले बुधबार अन्तरिम आदेश नदिएर दोस्रो धक्का दिएको छ ।
बालेन शाह नेतृत्वको सरकारले डा। मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । रिटमा कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन रोक्न र पुनः पदमा बहाली गर्नसमेत माग गरेका थिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया