०४ भदौ २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मंगलबार सिंहदरबार र बालुवाटारमा देखिएको घटनालाई ‘प्रहसन’ को संज्ञा दिँदै त्यसले संसदको गरिमा र लोकतान्त्रिक मूल्यमा आँच पुर्याएको बताए।
‘हिजो बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सम्मानित सदनलाई चोट पुर्याएको छ,’ उनले भने, ‘लोकतन्त्रको रक्षक भएको दाबी गर्ने दलहरूले उपसभामुखजस्तो जिम्मेवार पदको गरिमा गिराएको छ, जुन लोकतन्त्रकै लागि गम्भीर खतरा हो भन्ने हाम्रो ठहर छ।’
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप लगाउँदै उनलाई हटाउने तयारी थालेपछि रास्वपालगायत विपक्षी दलहरू आक्रोशित छन्।
परियारले सत्तारुढ गठबन्धनले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराउन खोजेको उल्लेख गर्दै यस्तो कार्यले सांसदको विवेकमा हस्तक्षेप हुने चेतावनी दिए।
‘सांसद आफैंमा सार्वभौम हुन्, उनीहरूको विवेकलाई बन्दी बनाउने प्रवृत्ति गलत हो,’ परियारले भने, ‘हस्ताक्षरको दुरुपयोग गर्दै स्वार्थपूर्ति गर्ने संस्कृति लोकतान्त्रिक प्रणालीका लागि घातक छ।’
उनले रास्वपालाई निषेध गर्ने प्रयास भइरहेको भन्दै कडा आपत्ति जनाए। ‘हामीलाई निषेध गर्ने कोसिस भइरहेको छ, तर समाज विज्ञानले देखाएको छ—नयाँलाई निषेध गर्न सकिँदैन,’ उनले जोड दिए, ‘हामीलाई कमजोर बनाउन खोजिएला, तर पूर्ण रूपमा निषेध गर्न न समाजले सक्छ, न यो समयले।’
कार्यपालिकाबाट पटक–पटक व्यवस्थापिकामाथि हस्तक्षेप भएको भन्दै उनले अब चुप लागेर हेरेर बस्न नसकिने चेतावनी पनि दिए।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया