०४ भदौ २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मंगलबार सिंहदरबार र बालुवाटारमा देखिएको घटनालाई ‘प्रहसन’ को संज्ञा दिँदै त्यसले संसदको गरिमा र लोकतान्त्रिक मूल्यमा आँच पुर्याएको बताए।
‘हिजो बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सम्मानित सदनलाई चोट पुर्याएको छ,’ उनले भने, ‘लोकतन्त्रको रक्षक भएको दाबी गर्ने दलहरूले उपसभामुखजस्तो जिम्मेवार पदको गरिमा गिराएको छ, जुन लोकतन्त्रकै लागि गम्भीर खतरा हो भन्ने हाम्रो ठहर छ।’
सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप लगाउँदै उनलाई हटाउने तयारी थालेपछि रास्वपालगायत विपक्षी दलहरू आक्रोशित छन्।
परियारले सत्तारुढ गठबन्धनले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराउन खोजेको उल्लेख गर्दै यस्तो कार्यले सांसदको विवेकमा हस्तक्षेप हुने चेतावनी दिए।
‘सांसद आफैंमा सार्वभौम हुन्, उनीहरूको विवेकलाई बन्दी बनाउने प्रवृत्ति गलत हो,’ परियारले भने, ‘हस्ताक्षरको दुरुपयोग गर्दै स्वार्थपूर्ति गर्ने संस्कृति लोकतान्त्रिक प्रणालीका लागि घातक छ।’
उनले रास्वपालाई निषेध गर्ने प्रयास भइरहेको भन्दै कडा आपत्ति जनाए। ‘हामीलाई निषेध गर्ने कोसिस भइरहेको छ, तर समाज विज्ञानले देखाएको छ—नयाँलाई निषेध गर्न सकिँदैन,’ उनले जोड दिए, ‘हामीलाई कमजोर बनाउन खोजिएला, तर पूर्ण रूपमा निषेध गर्न न समाजले सक्छ, न यो समयले।’
कार्यपालिकाबाट पटक–पटक व्यवस्थापिकामाथि हस्तक्षेप भएको भन्दै उनले अब चुप लागेर हेरेर बस्न नसकिने चेतावनी पनि दिए।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया