०६ चैत २०८२
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ।
प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, विविध कारणले यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान गरिएको हो।
वर्गीकरण प्रक्रियामा सहभागी हुन चैत २० गते शुक्रबार दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुग्न प्रशासनले आग्रह गरेको छ ।
आवेदन दिन उपचार तथा स्वास्थ्य परीक्षण गरिएका सक्कल कागजात र जेनजी घाइते परिचयपत्र ल्याउन र घाइते व्यक्ति स्वयं उपस्थित हुन भनिएको छ ।
प्रशासनका अनुसार ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि नै अधिकांश घाइतेको वर्गीकरण टुंग्याइसकेको छ। यसअघि २०८२ मंसिर ५, मंसिर १२ र माघ १८ गते अधिकांश घाइतेको वर्गीकरण सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया