२८ फागुन २०८२
काठमाडौं - केहि दिन भित्रै घण्टौ लाइनमा बस्दा पनि पेट्रोलियम पदार्थ पाउन मुस्किल भयो भने, ग्यासका घ्याम्पो काँधमा बोकेर डुलि हिड्दा पनि ग्यास पाइएन भने, देशैभरक इन्धनको हाहाकार भयो भने अनौठो नामाने हुन्छ । किनकी इरान र अमेरिका–इजरायबीचको युद्धबाट सम्पूर्ण मध्यपूर्वी देशहरु प्रभावित हँुदा विश्वभर इन्धनको संकट गहिरिदै गएको छ । कयौं देशमा त इन्धनको अभावका कारण कार्यालयहरुदेखि विद्यालयहरुसम्म बन्द गरिएका छन् ।
दक्षिण एसियाली मुलुक पाकिस्तानमै त्यहाँको सरकारले सोमबारदेखि आपत्कालीन खर्च कटौती तथा इन्धन बचाउने कदम अघि बढाएको छ । पाकिस्तान सरकारले इन्धन बचाउन सरकारी कर्मचारीको काम गर्ने अवधि हप्तामा चार दिनमा झारेको छ । त्यस्तै मार्च १६ देखि महिनाको अन्त्यसम्म सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।
यस अवधिका लागि पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् । त्यस्तै, विश्वविद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । हप्ताको चार दिन पनि ५० प्रतिशत सरकारी कर्मचारीले घरबाटै काम गर्ने साथै बैंकिङ क्षेत्रमा पनि यही व्यवस्था सिफारिस गरिएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले राष्ट्रको नाममा सम्बोधन गर्दै खाडी देशमा उत्पादन भएर बाहिरिने साँघुरो जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध आउँदा पाकिस्तानको अर्थतन्त्रलाई प्रत्यक्ष असर गरेको बताएका छन् ।
खर्च कटौतीका उपायअन्तर्गत संघीय र प्रान्तीय मन्त्रिपरिषद्का सदस्यले आगामी दुई महिनाको तलब र भत्ता त्याग्ने विषय पनि समावेश छ । संघीय र प्रान्तीय व्यवस्थापिकाका सदस्यको तलबमा पनि यस अवधिमा २५ प्रतिशत कटौती गरिने बताइएको छ । उच्चपदस्थ सरकारी पदाधिकारीका अत्यावश्यकबाहेकको विदेश भ्रमण रद्द गरिएको छ भने भ्रमण पनि सस्तो ‘इकोनोमी क्लास’मा मात्र विदेश भ्रमण गर्न पाइनेछ ।
त्यस्तै, संघीय र प्रान्तीय सरकारका सबै बैठक अब अनलाइन सञ्चालन गर्नुपर्नेछ भने सरकारी कार्यालयको इन्धन भत्ता पनि घटाइएको छ । त्यस्तै, सरकारले मानिसलाई सामाजिक जमघट सकेसम्म रोक्न आह्वान गर्दै सरकारले विवाह र पार्टीमा २०० भन्दा बढी पाहुना नथप्न भनिएको छ । मध्यपूर्वको संकटपछि उत्पन्न ऊर्जा संकटपछि पाकिस्तानमा इतिहासकै सबैभन्दा ठुलो इन्धन मूल्यवृद्धि भएको छ । मंगलबार पेट्रोलको मूल्य एकैपटक ५५ पाकिस्तानी रुपैयाँले बढाइएको छ ।
यता नेपालमा त्यसको प्रभाव देखिने सम्भावना बलियो बन्दै गएको छ । नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थ अभावको भयले खपत कम गर्न उर्दी जारी गरेको छ । मध्यपूर्वी देशमा देखिएको संकटले मूल्य अकासिनुका साथै आपूर्ति प्रभावित हुन थालेपछि निगमले इन्धन खपत कम गर्न आग्रह गरेको हो।
निगमले खपत कम गर्न विभिन्न ६ वटा उपाय सुझाएको छ। ‘पेट्रोलियम पदार्थ तथा ग्यास आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न, मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न, ग्यासको सट्टा बिजुलीको खपत बढाउन र विद्युतका लागि जेनेरेटर नचलाउन र राइड सेयरिङको व्यवस्था मिलाउन अनुरोध छ,’ निगमले भनेको छ। निगमले औद्योगिक प्रयोगमा पनि पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्न आग्रह गरेको छ। निगमले अनावश्यक रुपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा तथा नयाँ सिलिन्डर बजारमा पठाएमा कारबाही गर्ने चेतावनी दिएको छ।
निगमले इन्डियन आयल कर्पोरेसन ९आइओसी०सँग किनेर नेपालमा पेट्रोलियम पदार्थ बेच्दै आएको छ। आपूर्ति प्रभावित भएपछि आइओसीले नेपाललाई उपलब्ध गराउने परणाम घटाउन थालिसकेको छ। भारतले खाडीमा देखिएको तनावका कारण इन्धन आपूर्तिमा अवरोध र ग्यास अभावलाई मध्यनजर गर्दै नयाँ निर्देशिका जारी गरेर विक्री वितरणमा कडाइ गरिसकेको छ।
खाडी मुलुकबाट इन्धन आपूर्ति प्रभावित भएपछि दुई सातामा विश्वका कम्तिमा ८५ वटा मुलुकले मूल्य बढाइसकेको समाचार संस्था अलजजिराले जनाएको छ। आइओसीले फागुन १६ गते भाउ बढाएर नयाँ मूल्य पठाए पनि निगमले चुनावका कारण भार आफैं थेगेर मूल्य बढाएको छैन। आईओसीले फागुन १६ मा पठाएको नयाँ मूल्य अनुसार भाउ नबढाएको परिणाम निगमले १५ दिनमा ५२ करोड रुपैयाँ घाटा बेहोर्दैछ।
मानव अधिकार आयोगको निर्देशन- ग्यासको कृत्रिम अभाव भेटिन थाल्यो, कारबाही गर्नू
कोरला नाका जोड्ने सडक फेरि अलपत्र
काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध
३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त
पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली
देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्छ : पराजुली
विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने
इन्धन हाहाकारको सन्निकट नेपाल, पाकिस्तानले गर्यो कार्यालदेखि विद्यालयसम्म बन्द
आधा घट्यो एमालेको समानुपातिक मत, अब कुन पार्टीका कति सांसद ?
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
प्रतिक्रिया