२७ पुस २०८२
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामी यो मञ्चमा महामन्त्री विश्वप्रकाश शर्मा र मैले तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्यौं । हामीलाई खुसी लागेको होइन,’ थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’
साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको बताए ।
‘कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेकोजस्तो पनि लागेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो,’ थापाले भनेका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया