१३ माघ २०८२
काठमाडौँ - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो ।
बालेन शाहले झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए ।
त्यस्तै अर्का रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका निकोसल भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनलाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।
त्यस्तै भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ । भक्तपुर २ कै उम्मेदवार जानुका पाठक ९शोभा पाठक० लाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
त्यसबाहेक स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा सङ्घलाई स्पष्टीकरण सोधेको छ । अर्को एक स्पष्टीकरण शिक्षक सरुवाको विषयमा रहेको आयोगले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया