०५ भदौ २०८२
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी छन्। काठमाडौँको नयाँ बानेश्वरस्थित थापागाउँको लाखेचौर मार्गमा रहेको चारतले रातो भवनलाई ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका रूपमा उद्घाटन गरिएको हो।
उक्त भवन ऐतिहासिक रूपमा विशेष मानिन्छ, किनकि यही स्थानमा २०४८ सालको निर्वाचनका बेला नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले सम्पर्क कार्यालय सञ्चालन गरेका थिए। यही स्मृतिमा पूर्वराष्ट्रपति भण्डारीले यसै घरलाई आफ्नो सम्पर्क कार्यालयका रूपमा रोजेकी हुन्।
पार्टी राजनीतिमा पुनः सक्रियता जनाएकी भण्डारीले एमालेको संगठन र जनताको बहुदलीय जनवाद ९जबज० विस्तार गर्ने उद्देश्यसहित आफ्नै संरक्षकत्वमा नयाँ संयन्त्रको थालनी गरेकी हुन्।
कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष सुरेन्द्र पाण्डे, सरिता न्यौपाने, बाबुराम गौतम, कृष्णप्रसाद दाहाललगायतका केन्द्रिय नेताहरू उपस्थित थिए।
त्यसैगरी, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया