०७ जेठ २०८३
काठमाडौं- नेपालमा जसरी प्रधानमन्त्री शाहको फिल्मी शैलीबाट उदय भयो ठिक त्यहि शैलीलाई भारतीय जनताले समेत पछ्याउन थालेका छन् । नेपालमा पुराना नेताबाट जनता आजित थिए, भारतमा न्यायाधीश र प्रधानन्यायाधीशबाट आजित रहेको सन्देश दिनेगरी एउटा राजनीतिक दलको यसरी उदय भएको छ की पछिल्लो ७२ घण्टामै १ करोड २२ लाख जनाले उसलाई फलो गरेका छन् ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ अर्थात साङ्लो सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा नयाँ बहस सुरु भयो, जुन अभिव्यक्तिको विरोधमा ‘कक्रोच जनता पार्टी’ नामको एउटा राजनीतिक दल नै गठन भएको छ र हेर्दाहेर्दै यस पार्टीको इन्स्टाग्राम ह्यान्डलमा १ करोड २२ लाख भन्दा बढी फलोअर्स पुगिसकेका छन्। यो सङ्ख्या लगातार बढिरहेको छ। भारतीय सत्तारुढ पार्टी भाजपाको इन्स्टाग्राममा यसका ८७ लाख र कंग्रेसका १ करोड ३२ लाख फलोअर्स छन्। मे १५ मा केही मिडिया रिपोर्टहरूमा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले एउटा मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवाहरूलाई कक्रोचसँग तुलना गरेका थिए। तर, उनले एक दिनपछि नै आफूले त्यसो नभनेको बताएका थिए। जसको विरोधमा उत्रिएका युवाहरुले कक्रोच जनता पार्टी नै गठन गरेर उनीहरु संगठित भएका छन् ।
कक्रोच जनता पार्टी महाराष्ट्रका अभिजीत दीपकेले बनाएका हुन्। यसको नारा हो– ‘धर्म निरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी ।’ पार्टीको फलोअर्स एकै दिनमा ४५ लाखभन्दा बढीले बढेका छन्। यदि कक्रोच जनता पार्टी सरकारमा आयो भने अवकाशपछि कुनै पनि प्रधानन्यायाधीशलाई राज्यसभा लगेर पुरस्कृत नगरिने पार्टीको घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा भनिएको छ, ‘यदि कुनै वैध भोट मेटाइयो भने मुख्य निर्वाचन आयुक्तलाई यूएपीए अन्तर्गत पक्राउ गरिनेछ, किनकि कसैको भोट हाल्ने अधिकार खोस्नु आतंकवादभन्दा कम होइन।’ महिलाहरूका लागि ३३ प्रतिशत नभई ५० प्रतिशत आरक्षण दिने घोषणापत्रमा उल्लेख छ। यसका लागि सांसदहरूको सङ्ख्या पनि बढाइने छैन। मन्त्रिपरिषद् ९क्याबिनेट० मा पनि महिलाहरूका लागि ५० प्रतिशत आरक्षण हुनेछ।
पार्टीको घोषणापत्रमा अम्बानी र अडानीका सबै मिडिया संस्थाहरूको लाइसेन्स खारेज गरिने उल्लेख छ । यसको उद्देश्य स्वतन्त्र मिडियाले स्थान पाउन सकून् भन्ने रहेको छ । उनीहरूले गोदी मिडियाका एन्करहरूको बैंक खातामाथि छानबिन गरिने उल्लेख गरेका छन् । यदि कुनै सांसद वा विधायकले दल बदल गरेर अर्को पार्टीमा गएमा उनीहरूलाई चुनाव लड्न प्रतिबन्ध लगाइने घोषणापत्रमा उल्लेख छ । त्यस्तै, त्यस्ता नेताहरूलाई आगामी २० वर्षसम्म कुनै पनि सार्वजनिक पद नदिइने बताइएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया