१३ कात्तिक २०८३
काठमाडौं- प्रहरी प्रमुख दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको, राजीनामा नदिए सरकारले बर्खास्त गर्ने तयारी गरेको खबर डढेलोझैँ फैलिएपछि आक्रोशित बनेको प्रहरी हेडक्वाटर यसको काउन्टर दिएको छ। आइजीपी दानबहादुर कार्कीले आकस्मिक रूपमा पोलिसी कोअर्डिनेशन कमिटी पीसीसी बैठक बोलाएर आफूविरुद्ध भइरहेको प्रचारलाई ‘अनर्गल’ भन्दै सत्यता नभएको दाबी गरेका छन्।
बैठकमा मुख्य रूपमा दुईवटा विषयहरूमाथि जोड दिइएको छ— एक, इनम सापकोटामाथिको अनुसन्धानको सूचना कसरी बाहिर चुहियोरु र दुई, आईजीपीविरुद्ध गरिएको भनिएको ’अनर्गल प्रचार’ लाई सामूहिक रूपमा कसरी चिर्नेरु आईजीपी कार्कीले आकस्मिक रूपमा डाकेको पोलिसी कोअर्डिनेशन कमिटी पीसीसीको बैठकमा ८ जना एआईजीहरू, सातै प्रदेशका डीआईजीहरू र स्वयम् आईजीपी कार्कीले ४ घण्टासम्म गम्भीर समीक्षा गरेका थिए ।
बैठकमा आफ्नो भनाइ राख्दै आइजीपी दानबहादुर कार्कीले आफूविरुद्ध बाहिर आएका राजीनामा र बर्खास्तीका विवरणहरूमा सिन्कोभरि पनि सत्यता नरहेको दाबी गरेका छन् । बैठकमा सहभागी उच्च अधिकारीहरूका अनुसार, आईजीपी कार्कीले प्रष्ट शब्दमा भनेका छन्- “अहिले बाहिर आएका विषयहरू पूर्ण रूपमा सत्य होइनन्, कोही पनि भ्रममा नपर्नुहोस्।“ संगठन प्रमुखविरुद्ध नियोजित रूपमा गरिएको यो प्रचारलाई सिङ्गो प्रहरी नेतृत्वले सामूहिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। त्यस्तै, हिरासतमा रहेका इनम सापकोटा प्रकरणको संवेदनशील अनुसन्धानका गोप्य सूचनाहरू बाहिर कसरी चुहिए भन्ने विषयमा कडा छानबिन र कारबाही चलाउने निर्णयसमेत बैठकले गरेको छ।
पीसीसी बैठक लगत्तै केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआईजी अबि नारायण काफ्लेले एक आक्रामक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अपुष्ट सामग्रीहरूप्रति गम्भीर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा नागरिकमा भ्रम सिर्जना हुन्छ र संगठनको छविमा आँच आउँछ।’ प्रहरीले भ्रामक प्रचार, तथ्यहीन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ।
साथै, प्रहरी संगठनको प्रतिष्ठामाथि भ्रम सिर्जना गरी संगठनलाई कमजोर पार्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाउने जोकोहीविरुद्ध पनि प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही चलाइने चेतावनी दिइएको छ। सरकारको नीति र निर्देशनअनुसार संवैधानिक जिम्मेवारी पूरा गर्न प्रहरी कटिबद्ध रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।
सरकारको सम्भावित बर्खास्तीको दबाब र प्रहरी हेडक्वाटरले त्यसको विरोधमा चालेको आक्रामक रणनीतिक कदमले अब सिंहदरबार र प्रहरी मुख्यालयबीचको सम्बन्धलाई अत्यन्तै रोचक र संवेदनशील मोडमा पुर्याइदिएको छ। सत्य के हो र यो प्रशासनिक लडाइँले अब कस्तो रूप लेला रु त्यसको वास्तविक चित्र अबको केहि दिनको घटनाक्रमले प्रष्ट पार्नेछ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया