०६ फागुन २०८१
सर्लाही- आफूलाई लिटिल बुद्ध भन्ने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध साढे ८ करोड रुपैयाँको बिगो दाबी गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायणप्रसाद घिमिरेका अनुसार सोमबार यस मुद्दा दर्ता पनि गरिएको छ।
यसअघि, गत असारमा जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले अभियुक्त बम्जनविरुद्ध १० वर्ष कैदको सजाय सुनाएको हो । बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए । तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो ।
बम्जनलाई प्रहरीले २०८० पुस २४ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। पक्राउ परेका बमजनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न कसुरमा छानबिन गरेको थियो । हाल उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया