०१ मंसिर २०८३
काठमाडौं- कसै गर्दा सरकारलाई कमजोर बनाउन नसकेपछि, सरकार ढल्ने कुनै छाट नदेखेपछि प्रधानमन्त्री बालेन शाहको लोकप्रियताबाट अतालिएका पुराना दल र मधेशबादी दल मधेशलाई उचालेर सत्ता कब्जाको सपना देख्न थालेका छन् ।
संसद्मा अंकगणितीय खेल खेल्ने र सरकार गिराउने सबै हतियार फेल भएपछि अब उनीहरूले सबैभन्दा सस्तो र खतरनाक हतियार छानेका छन्– ‘मधेस कार्ड’१ वर्षौँसम्म मधेसको नाममा राजनीति गर्ने तर मधेसलाई सधैँ गरिबी, अभाव र बन्द–हडतालको बन्धक बनाउने यी नेताहरूले अहिले फेरि एकपटक मधेसको भावनासँग खेलवाड गर्दै आन्दोलनको धम्की दिन थालेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयेजक पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतले भित्र भितै तानाबाना बुन्न थालेका छन् ।
चुनावमा पराजित भएपछि छट्पटिएका उपेन्द्र यादवले वीरगन्जमा जमघट गर्दै छठपछि ’वार कि पार’ गर्ने धम्की दिएका छन् । उता, जनमतका सिके राउत सामाजिक सञ्जालमा भावना र कोटा प्रणालीको खेती गर्न व्यस्त छन्। सबैभन्दा लाजमर्दो कुरा त यो छ कि, हिजो सरकारको नेतृत्व गरेर पनि खास केहि गर्न नसकेका प्रचण्ड बालेन सरकारलाई मधेश विरोधी भन्दै आन्दोलनको धम्की दिइरहेका छन्। उता सत्ताकै सांसद अमरेश सिंह पनि सरकारविरुद्ध भित्र भित्रै सक्रिय भएका छन्। सरकारविरुद्ध अनेकन अभिब्यक्ति दिइरहेका उनले गंगासागरमा अर्घ दिएर मेची–महाकाली पदयात्रा सुरु गरेका छन्।
बालेन सरकार रहिरहे आफुहरुको राजनीतिक पसल सधैँका लागि बन्द हुने त्रासले छट्पटिएका उनीहरु मधेसका युवाहरूलाई फेरि सडकमा उफार्ने, ढुंगामुढा गराउने र तिनैको लासमा टेकेर सिंहदरबार छिर्ने कुटिल प्रपञ्च रचिरहेका छन् । हिजो यिनैको राजनीतिक महत्वाकांक्षा पूरा गर्न ११७ जना निमुखा र गरिबका छोराछोरीले आन्दोलनमा ज्यान गुमाए। तर तिनै सहिदको रगतमा राजनीति गरेर सत्तामा पुगेका प्रचण्ड, उपेन्द्र र सिके राउतहरू आज सत्ता गुमेपछि फेरि तिनै मधेशी जनतालाई प्रयोग गर्न खोज्दैछन् ।
आज मधेशका आम जनताको जीवनस्तर कहाँ छरु हिजो ५ रुपैयाँमा हुने प्रशासनिक काम आज ५ हजार घुस नदाइ हुँदैन। खेतमा सिँचाइको पानी छैन, युवाहरू रोजगारी नपाएर खाडीमा पसिना बगाउन बाध्य छन्। तथ्याङ्कले स्पष्ट भन्छ– देशको साक्षरता ७६ प्रतिशत हुँदा मधेशको ६३।५ प्रतिशत मात्रै छ, महिलाको साक्षरता झनै दयनीय भएर ५२ प्रतिशतमा सीमित छ। राष्ट्रिय गरिबी १७ प्रतिशत हुँदा मधेशमा २४।२ प्रतिशत जनता गरिबीको रेखामुनि पिसिएका छन्। गर्भवती महिलाले सडकमा बच्चा जन्माउनुपर्ने र उपचार नपाएर मर्नुपर्ने कहालीलाग्दो अवस्था छ ।
यो स्थितिलाई वेवास्ता गरेर तिनै जनतालाई उचाल्दै ओली प्रचण्ड र मधेशवादी दलले गर्न लागेको आन्दोलनले कुन रुप लिन्छ त्यो हेर्न बाँकी छ । तर, जागेका जनताले यो आन्दोलन केवल आफ्नो गुमेको कुर्सी र राजनीतिक अस्तित्व बचाउने कुण्ठित प्रपञ्च मात्र हो भन्ने कुरा सहजै बुझ्ने छन् । जसले यीनीहरुलाई अझै ठूलो धक्का दिनेछ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया