१३ माघ २०८२
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट्याएका छन् । मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही(४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सुझबुझ गरेरै आफू मधेश झरेको बताएका हुन् ।
‘यहाँ समस्याहरू शिक्षामा छ, स्वास्थ्यमा छ, रोजगारीमा छ जुन कुरा देशसँग पनि जोडिन्छ। त्यसैले मधेश आउने कुरा मेरो छनोटको कुरा हो, मेरो सुझबुझको कुरा हो। मैले एकदम रोजेर, छानेर म यहाँको यहाँको माटोसँग म जोडिन्छु भनेर आएको हो,’ उनले भने ।
उनले सर्लाहीको पार्टी समितिले पटकपटक उम्मेदवार बन्न बोलाएको पनि बताए । ‘यो पटक पनि फेरि मलाई यहीँ माया गरेर बोलाउनुभयो। त्यसैले मधेश जाने मेरो मन भएको, सर्लाही क्षेत्र नम्बर ४ ले मलाई अवसर दिनुभयो, त्यसकारणलेआउने अवस्था बन्यो’ उनले थपे ।
मधेशको मुद्दा थाहा पाउन, बुझ्न र भोलि त्यसका बारेमा लड्न, बहस गर्न सहज होस भनेर भित्रि मधेशको जिल्ला आफ्नो रोजाइमा परेको बताए ।
‘अब यति कुरा म विश्वासका साथ भन्न सक्छु कि, अब काठमाडौँमा मधेशको बारेको बहस भिन्न ढंगले हुन्छ। हिजो कुनै बेला मधेशको मुद्दाहरू नै उठ्दैनथ्यो, लामो समय मधेशको मुद्दा उठ्यो— म उठेन भन्दिनँ,’ थापाले भने, ‘तर अब मधेशको मुद्दा उठ्ने मात्र होइन, मधेशको मुद्दा सम्बोधन हुन्छ ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया