०१ असार २०८३
काठमाडौं- हिजो समाजसेवा गर्दा म सबैको नजरमा भगवती थिएँ, आज राजनीतिमा छिर्दा त्यही म कसरी राक्षस्नी भएँ रु यो प्रश्न हाम्रो होइन, रास्वपाकी सांसद् आशिका तामाङको हो। राजनीतिले उनलाई राक्षस्नी बनाएको हो कि आफ्नै ताण्डवले यो अवस्थामा पुगेकी हुन् ? यो उनैले समिक्षा गर्लिन तर उनका गतिविधि र फेसबुक पोस्टले उनी पछिल्लो समय छट्पटिमा छिन भन्ने प्रष्ट देखाउँछ ।
कहिले बागमति किनारमा गएर मरेको मान्छे बोलाउ भन्दै तमासा देखाउने कहिले सडकमा ट्राफिक प्रहरीसँग झगडा गर्ने । कहिले संसद्को गरिमा बिर्सिएर प्रतिपक्षमाथि जाइलाग्ने झगडालु स्वभावकै कारण उनी निरन्तर आलोचित भइरहेकी छिन् । जसका कारण उनलाई रास्वपाले कारबाही गर्नेसम्मको तयारी गरेको छ ।
चर्को आलोचनामा फसेपछि र पार्टीभित्रैबाट लखेटिने अवस्थामा पुगेपछि आशिकाले पार्टी छोड्ने सङ्केत गरेकी छिन्। हिजो भगवती जस्ती थिए, आज राक्षस्नी जस्तो बनाइयो भन्दै असन्तुष्टि पोख्न थालेकी छिन् । पार्टीले उनको अराजक व्यवहारमा लगाम लगाउन खोज्ने बित्तिकै आशिकाले विद्रोहको भाषा बोलेकी छिन्। रास्वपा नेतृत्वले उनको व्यवहार सुधार्न चेतावनी दिएपछि उनले हस्तक्षेप गरे दुई दिनभित्रै पार्टी छोड्ने धम्की दिएकी छिन्।
सच्चिने होइन बरु पार्टी नै छाड्ने धम्की दिन थालेकी आशिका तामाङ तिनै पात्र हुन् जो सामाजिक सञ्जालमार्फत भाइरलको बुई चढेर रास्वपालाई भर्याङ बनाउँदै संसद्को रोस्ट्रमसम्म पुगिन । अहिले आफ्नो स्वभाव र ब्यबहार परिवर्तन गर्न नसक्दा माननीयको मान मात्रै गिराइराखेकी छैनन पार्टीलाई नै विवादमा तानिरहेकी छिन् । निरन्तरको विवाद र पार्टीबाटै कारबाहीको संकेत मिलेपछि अहिले उनै आशिकाको फेसबुक वालमा एउटा भावुक तर आक्रामक स्टाटस देखिएको छ। उनले फेसबुकमार्फत भनेकि छन्– हिजो समाजसेवा गर्दा सबैको नजरमा म भगबति भए भने आज राजनीतिमा छिर्दा उहि म कसरी राक्षस्नीमा परिणत भए ?
हिजोका भगवती भक्तहरू आज किन उनको कडा आलोचनामा उत्रिएका छनरु यसको जवाफ उनकै व्यवहारमा लुकेको छ । माननीय भएपछि पनि कहिले सडकमा उफ्रिने, कहिले रोस्ट्रममा चर्किने र कहिले सामाजिक सञ्जालमा सहानुभूति बटुल्न खोज्ने उनको शैलीले उनको रास्वपा बसाई लामो नहुने करिव निश्चित छ । जुन कुरा उनी आफैले संकेत गरिसकेकी छिन् । यदि उनले पार्टी छोड्ने निर्णय गरिन् भने, त्यसले रास्वपाका लागि राहत होला या आहत रु त्यो समयले नै बताउला । तर आशिकाका लागि भने राजनीति अफाव सिद्ध हुँदै गएको छ ।
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
ई–पासपोर्ट घोटालामा आरजु र जयवीर पनि संलग्न सेटिङमै अर्ब घोटाला, को को तानिदैछन् अनुसन्धानमा ?
रास्वपाको प्रदेश सभापतिमा तीन सांसद पराजित
भूपेन्द्र भण्डारी : प्राधिकरणको पुर्व अध्यक्ष, स्मार्ट सेल लगाएत काण्डै काण्ड छानबिनबाट बाहिर किन ?
सर्वोच्चको आदेश- नागरिकको दैनिक जीवनमा असर पर्ने संरचना हटाउनू
राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
आशिका तामाङले रास्वपा छाड्न लागेकी हुन् ?
अन्य प्रदेशले ल्याए बजेट, सुदूरपश्चिमका कर्मचारी बल्ल लेख्दैछन्
ओलीकै अहंकारले एमाले फुट्ने निश्चत, अध्यक्ष पद जोगाउन गिड्गिडाउँदै ओली
प्रतिक्रिया