२८ माघ २०८२
काठमाडौं - बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ‘फ्रि वाईफाई’ मार्फत बैंकिङ्ग कारोबार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
सार्वजनिक स्थानका फ्रि नेटवर्कको प्रयोगगरी आर्थिक कारोबार गर्दा बैंकिङ्ग विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहनेतर्फ सतर्क गराउँदै केन्द्रीय बैंकले यस्तो अनुरोध गरेको हो । यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तिय अपराधीहरू जोडिने भएकाले सम्बन्धित व्यक्तिको वित्तिय विवरणमा पहुँच पुर्याइ सोको दुरुपयोग गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
कद्वारा सार्वजनिक सूचनामा आफ्नो व्यक्तिगत तथा बैंकिङ्ग विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वासनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ्ग कारोबार गर्न सचेत गरिएको छ । साथै, अनलाइन बैंकिङ्ग कारोबार गर्दा बैंकको आधिकारक वेबसाइट र एप्लिकेशनको प्रयोग गर्न तथा कारोबार गर्ने पासवर्ड र पिन कोड समयसमयमा परिवर्तन गर्नसमेत सुझाव दिइएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया