१८ जेठ २०८३
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आइतबार प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले मिचेको’ भन्ने विषय निन्दनीय रहेको टिप्पणी गरेका छन् ।
सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेनले बोलेको विषयमा आपत्ति जनाएका हुन् ।
‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ । घोर आपत्तिजनक छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा यसको विरोध गर्छ । हामीले यो कुरा प्रस्ट भनेका छौं ।’
सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनले बताए । ‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ सभापति थापाले भने ।
छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्नसकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएको उनले टिप्पणी गरे ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया