१८ जेठ २०८३
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आइतबार प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले मिचेको’ भन्ने विषय निन्दनीय रहेको टिप्पणी गरेका छन् ।
सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेनले बोलेको विषयमा आपत्ति जनाएका हुन् ।
‘हिजो प्रधानमन्त्रीले एउटा कुरा बोल्नुभयो, नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय छ । घोर आपत्तिजनक छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा यसको विरोध गर्छ । हामीले यो कुरा प्रस्ट भनेका छौं ।’
सीमा विवादजस्तो संवेदनशील विषयमा देशहरूका निश्चित अडान हुने उनले बताए । ‘देशका अडान हुन्छन्, त्यसका पछाडि केही प्रमाण, कथन हुन्छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ,’ सभापति थापाले भने ।
छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्नसकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएको उनले टिप्पणी गरे ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया