२७ कात्तिक २०८३
काठमाडौं दानबहादुर कार्कीको पद खुस्किएपछि, आइजीपीमा डा मनोज केसी नियुक्त भएपछि अब प्रहरी संगठन भित्र भावी आइजीपी को बन्ने भन्ने रस्साकस्सी सुरु भएको छ ।
डा. केसी आईजीपी बनेसँगै अहिले प्रहरीमा एक एआईजी पद रिक्त छ भने ठीक एक महिनापछि अर्थात् आगामी पुस ५ गते ३० वर्षे सेवा अवधिका कारण ५ जना एआईजी एकैपटक अनिवार्य अवकाशमा जाँदैछन्। यसको अर्थ, अबको केही साताभित्रै नेपाल प्रहरीमा ६ जना एआईजीको ठूलो बढुवा हुँदैछ। यो बढुवा केवल एआईजी बन्ने दौड मात्र होइन, बरु २०८४ चैत १७ पछि नेपाल प्रहरीको ३५औं आईजीपी को बन्ने भन्ने भावी नेतृत्वको रेखा कोर्ने महाभिडन्त पनि हो।
नेपाल प्रहरीमा प्राविधिकसहित कुल ९ एआईजीको दरबन्दी रहेकोमा २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका ५ एआईजी— सिद्धिविक्रम शाह, उमा चतुर्वेदी, सुशील सिंह राठौर, हिमालयकुमार श्रेष्ठ र डम्बर विक— ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि संगठनमा राजन अधिकारी र ईश्वर कार्की गरी दुई एआईजी मात्र बाँकी रहनेछन्। यही कारण सरकारले अहिले एक जना मात्र बढुवा नगरी ५ पुसपछि एकैपटक ६ एआईजी बढुवा गर्ने गृहकार्य अघि बढाएको छ।
६ एआईजीको रिक्त पदका लागि अहिले प्रहरीभित्र दुई फरक ब्याचका डीआईजीहरूबीच तीव्र रस्साकस्सी सुरु भएको छ। एकातिर अघिल्लो ब्याचका डीआईजीहरू गोविन्द थपलिया, दिनेशकुमार आचार्य, अरुण पौडेल र राजेन्द्रप्रसाद भट्ट आफ्नो वरिष्ठताको दाबीसहित शक्तिकेन्द्र धाइरहेका छन्।
अर्कोतिर, इन्स्पेक्टरको ११२औं ब्याचका डीआईजीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले र विश्व अधिकारी पनि एआईजी बन्ने कडा दौडमा छन्। यो प्रतिस्पर्धा यति पेचिलो बन्नुको मुख्य कारण हो— भावी नेतृत्व। हालका आईजीपी डा। केसी ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १७ गते अनिवार्य अवकाशमा जानेछन्। यदि ११२औं ब्याचका डीआईजीहरू अहिले एआईजीमा उक्लिन सफल भए, उनीहरूमध्येबाटै २०८४ चैतपछि प्रहरीको सर्वोच्च कमान्ड सम्हाल्ने ३५औं आईजीपीको बाटो खुल्नेछ।
एआईजी मात्र होइन, पुस ५ मै ३० वर्षे सेवा अवधिका कारण राष्ट्रिय अनुसन्धान विभागबाट आएका तीन डीआईजीहरू– ओम राना, दिलिपनाथ देउवा र सुरेन्द्र गुरुङ पनि अनिवार्य अवकाशमा जाँदैछन्। ६ जना डीआईजी एआईजीमा बढुवा हुने र ३ जना डीआईजी अवकाशमा जाने भएपछि पुस ५ लगत्तै नेपाल प्रहरीमा एकैपटक ९ जना डीआईजीको दरबन्दी समेत खाली हुनेछ। यसले एसएसपीबाट डीआईजी बन्ने अर्को ठूलो पंक्तिमा पनि तीव्र चलखेल र लबिङ सुरु गराएको छ।
सरकारले आईजीपी सरुवा गरेर सिर्जना गरेको तरंग नसेलाउँदै अब ६ एआईजी र ९ डीआईजीको बढुवाले नेपाल प्रहरीको नेतृत्व संरचनालाई नै नयाँ स्वरूप दिने निश्चित छ। वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर योग्यताका आधारमा बढुवा हुन्छ वा राजनीतिक पहुँच र शक्तिकेन्द्रको दबाब हाबी हुन्छ— यसले नवनियुक्त आईजीपी डा। मनोजकुमार केसीको कार्यकालको सफलता मात्र होइन, २०८४ चैत १७ पछिको प्रहरी नेतृत्वको भविष्यसमेत तय गर्नेछ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया