०९ भदौ २०८२
काठमाण्डौ – सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । ती निर्माण कम्पनीलाई हिजो कालोसूचीमा राख्ने निर्णय गरेर आज सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । सार्वजनिक निकायहरूले लेखी पठाएका विवरणका आधारमा निर्णय गरिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा श्री विशाल होम निर्माण सेवा उदयपुर, जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रा।लि। काठमाण्डौ, सगुन फ्याब्रिक्स मोरङ, सुभ आरएस नविना जेभी बाँके, नबीन निर्माण सेवा अछाम रहेका छन् ।
त्यसैगरी जेएससी कन्स्ट्रक्सन प्रा।लि। सुर्खेत, कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रा।लि। काठमाण्डौ, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लि। काठमाण्डौ, जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाण्डौ, मष्टा भवानी निर्माण सेवा डोल्पा, शहीद निर्माण सेवा अर्घाखाँची रहेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया