१४ चैत २०८२
काठमाडौं- एकाबिहानै आफ्नै निवासबाट पक्राउ गरेका पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल नै बस्ने भएका छन् । ६ सयभन्दा धेरै प्रहरी पुगेर उनलाई घरबाटै घरबाटै पक्राउ गरिएको थियो । पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको उनलाई स्वास्थ्य परिक्षणका लागि त्रिवी शिक्षण अस्पताल लगिएको थियो । त्यहा रेड जोनमा राखेर परिक्षण गरेसँगै उनी अस्पताल नै बस्ने भएका हुन् ।
दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा भर्ना गरिएको हो ।
यसअघि मृगौला प्रत्यारोपणपछि पनि ओलीलाई सोही बेडमा भर्ना गरेर उपचार भएको थियो । अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेष्ट पेन र पाल्पिटेशन’ भएको रिपोर्ट आएको छ । ओलीलाई इसीजी मनिटर जोडेर त्यसमा मुटुको चालको थप अनुगमन भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
मिर्गौला सम्बन्धी चिकित्सकले पनि ओलीको स्वास्थ्यको अनुगमन गरिरहेका छन् । आज शनिवार परेकाले अदालतमा म्याद थपका लागि आइतवारमात्र लैजाने र त्यसअघि महाराजगञ्जस्थित २ नम्बर गणमा राख्ने प्रहरीको तयारी थियो । ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा आज बिहान पक्राउ परेका थिए ।
पूर्वाग्रही रुपमा र प्रक्रिया मिचेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरु निकटका कानुन व्यवसायीहरुले आइतबार बिहान अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन दिने तयारी गरेका हुन् ।
कुनै पनि व्यक्तिलाई गैरकानूनी पक्राउ गरेको लागेमा उही व्यक्ति वा उनका नजिकका नातेदारले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिन पाउने संवैधानिक व्यवस्था छ । अदालतले गैरकानूनी रुपमा पक्राउ भएको ठम्याएमा रिहा गर्ने आदेश दिनसक्छ ।
वरिष्ठ अधिवक्ता एवं तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले आफूहरुले सबै कानुनी लडाइँ थाल्ने र त्यसको छलफल समेत सुरु गरिसकेको बताए ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पक्राउ गरिएका कतिपय सन्दर्भहरु नमिलेकाले कानूनी उपचार खोज्ने तहको परामर्श शुरु भइसकेको जानकारी दिए ।
उनीहरुको दावीमा, एक त प्रतिवेदनको तथ्य र निष्कर्ष खण्डमा समानता छैन । तथ्यमा ओली र लेखकको संलग्नता नभेटिएको अवस्थामा निष्कर्षमा उनीहरुमाथि समेत फौजदारी कारवाहीको सिफारिस गरिएको छ।
दोस्रो, फौजदारी कसुरमा संलग्न भएको र कतै भागेर जाने जोखिम भएका व्यक्तिहरुलाई पक्राउ गर्न उपयोग गरिने जरुरी पक्राउ पूर्जीको व्यवस्था समेत दुरुपयोग भएको उनीहरू बताउँछन् ।
राज्यले नै सुरक्षाकर्मीहरू दिएको र २४ सै घण्टा सुरक्षाकर्मीको घेरामा रहेका व्यक्तिहरू भागेर जाने सम्भावना नभएको बेलामा जरुरी पक्राउ पूर्जीका आधारमा गिरफ्तार गरिने पूर्वाग्रह भएको भन्दै उनीहरूले बन्दीप्रत्यक्षीकरणको प्रक्रिया अघि बढाउने तयारी गरेका हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया