१२ भदौ २०८२
काठमाडौं - सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने शुल्क पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८४ सम्मका लागि ९७ हिमाल आरोहण गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको हो । मन्त्रालयका अनुसार कर्णालीका ७४, सुदूरपश्चिमका २० र दुवै प्रदेशका सीमामा रहेका तीनवटा गरी ९७ वटा हिमालको आरोहण निःशुल्क हुनेछ ।
निःशुल्क आरोहणका लागि खुला गरिएकामा त्यस क्षेत्रका अपि, सैपाल, काञ्जिरोवा, कान्टी, जेठी बहुरानीलगायत छन् । यी ९७ हिमाल आरोहणका लागि हालसम्म विदेशीले १७५ डलरदेखि पाँच सय डलरसम्म रोयल्टी तिर्नुपर्दथ्यो ।
मन्त्रालयले नेपाल राजपत्रमा भदौ ९ गते सूचना प्रकाशित गरेको हो । यो छुट पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को खण्ड ९ख० बमोजिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया