१२ भदौ २०८२
काठमाडौं - सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने शुल्क पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८४ सम्मका लागि ९७ हिमाल आरोहण गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको हो । मन्त्रालयका अनुसार कर्णालीका ७४, सुदूरपश्चिमका २० र दुवै प्रदेशका सीमामा रहेका तीनवटा गरी ९७ वटा हिमालको आरोहण निःशुल्क हुनेछ ।
निःशुल्क आरोहणका लागि खुला गरिएकामा त्यस क्षेत्रका अपि, सैपाल, काञ्जिरोवा, कान्टी, जेठी बहुरानीलगायत छन् । यी ९७ हिमाल आरोहणका लागि हालसम्म विदेशीले १७५ डलरदेखि पाँच सय डलरसम्म रोयल्टी तिर्नुपर्दथ्यो ।
मन्त्रालयले नेपाल राजपत्रमा भदौ ९ गते सूचना प्रकाशित गरेको हो । यो छुट पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३२ को खण्ड ९ख० बमोजिम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया