२६ फागुन २०८२
काठमाडौं - कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट गरेका छन् । निर्वाचनका लागि विभिन्न निकायबाट काजमा आयोगमा खटिएका कर्मचारीको मंगलबार बिदाइ समारोहलाई सम्बोधन गर्दै भण्डारीले आभार प्रकट गरेका हुन् ।
उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र रु भन्ने प्रश्न आम रूपमा उठेको स्मरण गरे । ‘भदौ २३ र २४ गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो,’ उनले भने, ‘निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन । आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो ।’
अहिले निर्वाचनको परिणाम ल्याउन आयोग सफल भएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको पनि उनले जानकारी दिए ।
आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिई आएका कर्मचारीको ‘टिम वर्क’ ले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताए ।
निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण २३ हजार ११२ मतदान केन्द्र र १४३ वटा अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उनले बताए ।
निर्वाचनका लागि विभिन्न निकायबाट गरी १४१ कर्मचारी आयोगमै काजमा आएर काम गरेको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । निर्वाचन सम्पन्न भएसँगै सबै कर्मचारीको काज फिर्ता सुरु भएको उनले बताए ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया