०३ मंसिर २०८३
काठमाडौं- देशमा रोजगारी नपाएर परदेशीन बाध्य भएका, विदेशमा पसिना बेच्न पुगेका सोझा युवासँग करोड होइन अर्बमा लुट मच्चाएका पूर्व मन्त्रीहरुलाई बालेन शाह नेतृत्वको सरकारले घरबाट उठाएको छ।
नेपालबाट कामदार जिरो कष्टमा पठाउने गरी मलेसिया सरकारसँग सम्झौता गरेपनि नेपाली युवासँग प्रतिब्यक्ति ४ लाखसम्म असुल्दै आएकाहरु विरुद्ध बिगअप्रेशन चलाइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले दुई पूर्व श्रममन्त्री र सचिव, सहसचिव र उपसचिवसहित चार कर्मचारीलाई पक्राउ गरेको छ ।
मलेसिया जाने कामदारलाई मेनपावर तथा मेडिकल व्यवसायीले अतिरिक्त शुल्क असुलेर गरेको ठगीमा सघाएको आरोपमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका छन् । रामेश्वर राय यादव तत्कालीन नेकपाबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा वि.सं.२०७६ मा करिब एक वर्ष श्रममन्त्री रहेका थिए भने हाल जनता समाजवादी पार्टी, नेपालमा आबद्ध छन्। उता शेरबहादुर कुँवर तत्कालीन एकीकृत समाजवादीको तर्फबाट वि।सं। २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा छ महिना श्रममन्त्री बनेका थिए र हाल नेपाली कम्युनिस्ट पार्टीमा छन्।
मन्त्रीहरूसँगै तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सीआईबीका अनुसार यसअघि गत असोज १९ गते पक्राउ परेका मुख्य योजनाकारमध्येका मेडिकल व्यवसायी कैलाश खड्कासहित रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीमाथिको अनुसन्धानले मन्त्रालय तहकै संलग्नता उजागर गरेपछि पूर्व मन्त्री र सचिव, सहसचिव र उपसचिवलाई पक्राउ गरिएको हो । सीआईबी स्रोतका अनुसार यो प्रकरणको अनुसन्धान अझै जारी रहेकाले अन्य पूर्वमन्त्री र कर्मचारीहरू पनि कानुनी दायरामा तानिने सम्भावना बलियो छ।
प्रहरीको अनुसन्धानले श्रमिकको पसिना र राज्यको कानुन दुवैमाथि कसरी खेलबाड गरियो भन्ने गम्भीर तथ्य बाहिर ल्याएको छ। नेपाल र मलेसिया सरकारबिच भएको श्रम सम्झौतामा कामदारसँग अतिरिक्त रकम उठाउने कुनै प्रावधान नै थिएन। तर, सम्झौताको अपव्याख्या गर्दै ’बायो मेडिकल ९बीएमएस० सिस्टम’ का नाममा प्रतिव्यक्ति एक सय रिंगेट अर्थात् करिब तीन हजार छ सय रुपैयाँका दरले गैरकानुनी शुल्क असुल्ने धन्दा वि।सं। २०७६ देखि नै मौलाउँदै गयो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार यसरी मलेसिया जाने करिब साढे सात लाख कामदारबाट करिब साढे दुई अर्ब रुपैयाँ असुलिएको छ। अझ गम्भीर कुरा त के छ भने, गैरकानुनी रूपमा संकलित उक्त रकममध्ये एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ श्रम मन्त्रालयकै सहयोग र निर्णयमा बैंकिङ प्रणालीमार्फत मलेसिया पठाइएको थियो। अनुसन्धान अधिकारीहरूको भनाइमा मेडिकल व्यवसायी कैलाश खड्काले पैसा उठाएर मन्त्रालयमा ’सेटिङ’ मिलाउने काम गर्थे र मलेसिया पठाइएको सोही रकम पछि हुन्डीमार्फत पुनः नेपाल भित्र्याउने गरिएको सूचना पनि प्रहरीले पाएको छ।
प्रहरीको विज्ञप्तिअनुसार सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराउँदा देशको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा समेत गम्भीर नोक्सानी पुगेको छ। पक्राउ परेका व्यवसायीहरूमाथि ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । यही अतिरिक्त शुल्क हटाउने विषयमा व्यवसायी नमान्दा मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया नै अहिले अवरुद्ध बन्न पुगेको छ।
पसिना बगाउन विदेश पुगेका युवामार्फत भित्रिने रेमिट्यान्सले चलेको देशमा तिनै युवालाई लुट्न मन्त्री सचिवहरु नै कसरी संगठिन रुपमा लाग्दै आएका थिए भन्ने कुरा यो घटनाले प्रष्ट रुपमा देखाएको छ । त्यति मात्रै होइन नीतिगत निर्णय र प्रशासनिक मिलेमतोमा यो देशमा कति ठूला घोटालाहरु भइरहेका रहेछन् भन्ने कुरा पनि उजागर गरेको छ । बालेन सरकारले चलाएको अप्रेसनले युवालाई विदेश पठाएर लुट्न पल्किएकाहरुको सक्कली अनुहार सतहमा ल्याइ दिएको छ । यीसँगै अरु को को भीआइपी जोडिएका छन् रु र ती माथि कस्तो कानुनी कारबाही हुन्छ त्यो चाही हेर्न बाँकी छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया