०७ मंसिर २०८३
काठमाडौं - सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ ।
त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ ।
‘सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले नेपालमै विकसित सेल ब्रोडकाष्ट प्रविधिको परीक्षण गरिरहेका छन्,’ दुवै मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘परीक्षण सन्देश प्राप्त भएमा नआत्तिनुहोस् । कुनै कदम चाल्नु पर्दैन ।’
नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले सेल ब्रोडकाष्ट सिस्टमको परीक्षण भइरहेको बताए । ‘हामीले बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट परीक्षण गरिरहेका छौं,’ घिमिरेले भने, ‘अहिले सीमित उपभोक्ताकोमा मात्रै यस्तो सन्देश प्रवाह हुनसक्छ । तर यो परीक्षणका लागि भएकाले कसैलाई पनि नआत्तिनु भनेका छौं ।’
गत १० भदौको भोटेकोशी बाढीपछि दुई टेलिकम कम्पनीहरू नेपाल टेलिकम र एन्सेलले प्रभावित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्ताहरूको सेटमा बाढीको सतर्कता सम्बन्धी म्यासेज प्रवाह गरेका थिए ।
मोबाइल सेटमा आउने म्यासेज प्रभावकारी नभएको र कतिपयले समयमा म्यासेज हेर्न नपाएको भनी म्यासेज प्रणालीको प्रभावकारीतामाथि प्रश्न उठेको थियो । त्यसको विकल्पको रुपमा सरकारले सेल ब्रोडकाष्टको परीक्षण गरिरहेको हो ।
इन्टरनेशनल टेलिकम्यूनिकेस युनियन (आईटीयू)का अनुसार, सेल ब्रोडकाष्ट सिस्टमले कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल सेटहरूमा मोवाइल फोनमा आवाज सहितको सन्देश पठाउनेछ ।
भूकम्प, बाढी, पहिरो लगायत प्रतिकुल मौसमी अवस्थाका बेला सरकारले यस्ता मोवाइल सेटमार्फत अलर्टको सूचना आउँछ । त्यसक्रममा मोवाइलको स्कृनमा अलर्ट सूचना आउनुका साथै आवाज सहित भाइब्रेसन समेत हुन्छ ।
ओली, देउवा र प्रचण्डले दशकौँसम्म नसकेको काम प्रधानमन्त्री बालेनले एकै भ्रमणमा गरे फत्ते
मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने
सरकारको आग्रह : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोस्
भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारतीय रुपैयाँमा
मोदीको बालेनलाई विशेष उपहार : गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला
प्रधानमन्त्री बालेनको भारत भ्रमणका तीन प्रमुख उपलब्धि : यस्ता छन् ‘मेजर आउटकम’
नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा
राजघाटमा प्रधानमन्त्री बालेनको सन्देश : नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गान्धीका आदर्शले मार्गदर्शन गरून्
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत
प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता
प्रतिक्रिया