०७ मंसिर २०८३
काठमाडौं- भारतले नेपाललाई दिने घोषणा गरेको २ खर्ब ४० अर्ब विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको खुलेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पनि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त रकम खुलाइएको हो।
यसअघि दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता उपलब्ध गराउने घोषणा भारतीय प्रधानमन्त्री मोदीले गरेका थिए।
भारतले विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजना सञ्चालनका लागि ५६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराउने घोषणा गरेको छ।
यसअघि यस्तो ऋणको ब्याजदर अमेरिकी डलरमा तिर्नुपर्थ्यो। अब नेपालले भारतीय रुपैयाँमा उक्त कर्जाको ब्याज तिरे हुने भएको छ। यसो हुँदा नेपाललाई ब्याज सस्तो पर्छ।
नेपालको विकास, पुनर्निर्माण र पूर्वाधार विस्तारमा सहयोग गर्ने उद्देश्यले उक्त सहायता घोषणा गरिएको हो। सहायता परिचालनअन्तर्गत सञ्चालन हुने विशिष्ट परियोजना र सहयोग उपलब्ध गराउने प्रक्रिया भने दुवै देशबीचको आपसी परामर्शबाट अन्तिम रूप दिइने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
ओली, देउवा र प्रचण्डले दशकौँसम्म नसकेको काम प्रधानमन्त्री बालेनले एकै भ्रमणमा गरे फत्ते
मोदीले स्वीकारे नेपाल भ्रमणको निम्तो, कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने
सरकारको आग्रह : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोस्
भारतको २ खर्ब ४० अर्ब सहयोगमध्ये १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारतीय रुपैयाँमा
मोदीको बालेनलाई विशेष उपहार : गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला
प्रधानमन्त्री बालेनको भारत भ्रमणका तीन प्रमुख उपलब्धि : यस्ता छन् ‘मेजर आउटकम’
नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा
राजघाटमा प्रधानमन्त्री बालेनको सन्देश : नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गान्धीका आदर्शले मार्गदर्शन गरून्
प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा राजकीय सम्मान, मोदीले गरे न्यानो स्वागत
प्रधानमन्त्री शाह र भारतीय समकक्षीबिच भेटवार्ता
प्रतिक्रिया