०८ मंसिर २०८३
काठमाडौं- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित निकालेको छ ।
मंगलबार वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई १५८ रनको विशाल अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १९७ रनको विशाल योगफल बनाएको थियो ।
पुलिसका लागि कप्तान सीता रानामगरले सर्वाधिक ६६ रन बनाइन् । ४२ बलको सामना गरेकी उनले एक छक्का र नौ चौका प्रहार गरिन् । ओपनर रेवंती धामीले अविजित ५५ रन जोडिन् । ५३ बल खेलेकी उनले सात चौका प्रहार गरिन् ।
त्यस्तै, तेस्रो क्रममा ब्याटिङ गर्न आएकी इन्दु बर्माले आक्रामक पारी खेलिन् । उनले २७ बलमा १२ चौकासहित अविजित ५८ रन बनाइन् । उत्कृष्ट ब्याटिङ गरेकी बर्मा खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।
पुलिसको एक मात्र विकेट लुम्बिनीकी आयुषा भुषालले लिएकी थिइन् ।
१९८ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १५।४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो ।
लुम्बिनीका लागि श्रुती बुढाथोकीले सर्वाधिक १५ रन बनाइन् । अनिता चौधरीले आठ, सरस्वती पुनले सात र कप्तान आश्मा पुनमगरले पाँच रन जोडिन् ।
पुलिसको बलिङमा करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । रेखा रावल, राजमती ऐरी र विनु बुढामगरले समान दुई–दुई विकेट हात पार्दा सुमन विष्टले एक विकेट लिइन् ।
प्रतियोगिताको यसअघिको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो ।
ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिसले लुम्बिनीलाई १५८ रनले हरायो
पुलछेउ सेल्फी खिच्ने क्रममा नेपालगञ्जका दुई युवा भेरी नदीमा बेपत्ता
बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
हवाई रुटदेखि २ खर्ब ४० अर्बसम्मको सहयोग बोकेर फर्किए प्रधानमन्त्री बालेन
छोरा खोजिदिन आग्रह गर्दा गाली गलौज गर्ने प्रहरी हबल्दारको जागिर चैट !
अब काठमाडौँबाट रक्सोल र केरुङ रेलमा सरर ! प्रधानमन्त्रीको भ्रमणसँगै खुल्यो रेल मार्गको ढोका
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
प्रतिक्रिया